एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा स्पान्योलसँग १–१ को बराबरीमा रोकिएको छ ।
घरेलु मैदान नोउ क्याक्पमा सातौं मिनेटमै मार्को अलोन्सोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । अलोन्सोले एन्ड्रियस किस्टिनसेनको पास सदुपयोग गरेका थिए ।
७३ औं मिनेटमा जोसेलुले पेनाल्टीमार्फत गोल गर्दै स्पान्योललाई १–१ को बराबरीमा ल्याए । खेलमा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए ।
७८ औं मिनेटमा जोडी अल्बाले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि बार्सिलोना १० खेलाडिमा समेटिएको थियो । ८० औं मिनेटमा स्पान्योल समेत १० खेलाडीमा सिमित बन्यो । उसका भिनियसिय सोउजाले दोहोरो पहेँलो कार्ड...