मुद्दा दर्ता नगरेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गरेका छन् । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले घुस खाएर पीडकलाई उन्मुक्ति दिएको आरोप लगाउँदै बिहीबार पीडित पक्षले प्रहरी कार्यालयलाई घेराउ गरेको हो । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ स्थित तुल्सियाहीमा मुस्लिम समुदायबीच नमाज पढ्ने विषयमा भएको विवादमा पीडकसँग घुस लिई पीडितको मुद्दा दर्ता नगरेको भन्दै प्रहरी उपरीक्षक प्रकाश रानाभाट विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।तुल्सियाही गाउँ