आन्दोलन अधिकार र अस्तित्वको मुद्दा हो : विष्णु तुम्बाहाम्फे

विराटनगर : अघिल्लो कार्यकालको प्रदेशसभा बैठकमा रोष्ट्रमबाटै तत्कालीन प्रदेश १ को नाम ऐतिहासिक पृष्ठभूमि तथा पहिचानको आधारमा हुनुपर्ने माग राख्दै आउने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाम्फे यति वेला सडक आन्दोनमा छिन्।फागुन १७ गते बसेको प्रदेशसभा बैठकले बहुमतका साथ प्रदेश १ को नाम ‘कोशी प्रदेश’ पारित गरेसँगै पहिचान पक्षधर सडक आन्दोलनमा उत्रिएका छन्। पुस ५ गते कोशी नाम खारेजीको माग राख्दै विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू (लाज