भारतकी १५ औं राष्ट्रपतिका रुपमा चुनिएकी द्रौपदी मुर्मूका सन् २०१० पछिका चार वर्ष निक्कै दुःखद रहे । उनले यी ४ वर्षमा परिवारका तीन सदस्य गुमाइन् । सन् २०१० र २०१४ को बीचमा द्रौपदीका दुई छोरा र श्रीमानको मृत्यु भयो । जसमध्ये जेठो छोराको मृत्यु आकस्मिक भएकाले शंकाको हिसाबले हेरिन्छ । उनका जेठा छोरा मृत्युको अघिल्लो रात साथीको घरमा पार्टीमा गएका थिए । राति घर फर्किएर थाकेको छु, डिस्टर्ब नगर्नुस् भन्दै सुतेका थिए । तर बिहान ढोका ढक्ढक्याएपछि खुलेन । धेरै ढडकढकाउँदा पनि ढोका नखुलेपछि पछि बल