प्रभातकुमार वर्मा/बारा ।
न परदेश गएका छोरा जीवितै घर फर्के न उपचार गर्न भारत गएका श्रीमान् । वर्षदिन बिराएर जीवनमा आइपरेका यी बज्रपातले बाराको महागढीमाई नगरपालिका–११ की सविना खातुनको ओठको मुस्कान हराएको वर्षौँ भयो ।
अढाइ वर्ष पहिले उपचारकै क्रममा भारत पुग्नुभएका उहाँका श्रीमान् निको भएर घर फर्केको केही दिनमै ज्यान गयो । बुवाको उपचारमा लागेको ऋण तिर्न एक वर्ष पहिले साउदी गएका सविनाका छोरा पनि नफर्किने गरी उतै अस्ताए । शव मात्र नपाल आइपुग्यो ।
जीन्दगीका यी पीडादायी क्षण बिर्सिन खोज्दा पनि सविनाको मान...