एनसेलको आम्दानी ३७ अर्ब, डेटा र भ्वाइसमा ५० प्रतिशत बढी हिस्सा

काठमाडौं । बहुराष्ट्रिय मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडेले आर्थिक वर्ष (आव) सन् २०२३ मा कम्पनीले सञ्चालन आम्दानी ३७ अर्ब रुपैयाँ गरेको छ ।  रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार कम्पनीले आव सन् २०२३ मा ३७ अर्ब ४४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । आव सन् २०२२ को तुलानामा सन् २०२३ मा ५ दशमलव ७४ प्रतिशतले घटेको हो । आव सन् २०२२ मा कम्पनीले ३९ अर्ब ७२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । कम्पनीको आम्दानी केही घटे पनि आव सन् २०२३ मा कम्पनीको अपरेटिङ प्रोफिट मार्जिन भने ५३ प्रतिशत रहेको छ ।  कम्पनीको डेटा र भ्वाइसमा ५० प्रतिशत बढी हिस्सा रहेको ईक्राले जनाएको छ । ईक्राका अनुसार एनसेलको भ्वाइसको बजार हिस्सा ५० प्रतिशत र डेटामा ५७ प्रतिशत बजार हिस्सा रहेको छ । डेटाको बजारका साथै डेटाको प्रयोगकर्ताको संख्या पनि बढ्दो क्रममा रहेकाले कम्पनीको आम्दानी बढ्ने देखिन्छ ।  एनसेलले २७ अर्ब २२ करोड रुपैयाँ कर्जाको लागि रेटिङ गराएको छ । ईक्राले एनसेलको १५ अर्ब २२ करोड रुपैयाँको दीर्घकालीन कर्जाको लागि एल ए र १२ अर्ब रुपैयाँको अल्पकालीन कर्जाको लागि ए वान रेटिङ दिएको छ ।  कम्पनीले सन् २०२२ मा ९० प्रतिशतसम्म लाभांश दिएको थियो । कम्पनीको शंकास्पद दायित्व बढे पनि लाभांश भुक्तानी दर उच्च रहेको ईक्राले जनाएको छ । एनसेलमा ८० प्रतिशत स्वामित्व मलेसियाको आजियाटा ग्रुप बहार्डको छ । बाँकी २० प्रतिशत शेयर भने नेपाली साझेदार सुनिभेर क्यापिटल भेन्चर प्रालिको रहेको छ ।

सम्बन्धित सामग्री

एनसेलको नयाँ वर्ष अफर

सन् २०२० को पहिलो दिन जनवरी १, एनसेल ग्राहकका लागि विषेश दिन हुने कम्पनीले जनाएको छ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।