नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्ना पक्षका २२ जना सांसदसँग छलफल गरिरहेका छन् ।
शंखमूलस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा सांसदहरूसँग नेपालले सरकारमा सहभागिताबारे छलफल गरिरहेका हुन् ।
माधव नेपाल समूह पनि गठबन्धन सरकारमा सहभागी हुने चर्चा छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठकमा माधव नेपालले सरकारमा सहभागी हुने बताएको जानकारी गराइसकेका छन् ।
गठबन्धनको आजको बैठकले दुई दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गरिसक्ने निर्णय गरेको छ । गठबन्धनको बैठकमा नेपाल आ...