नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह चुनावमा २८ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख मत ल्याएको दाबी गरेका छन् । केन्द्रीय परिषद् बैठकको काठमाडौं उद्घाटन गर्दै नेपालले सतप्रतिशत क्षेत्रमा उम्मेदवार उठाएको भए २० लाख मत ल्याउने दाबी गरेका छन् । ‘हामीले स्थानीय तह चुनावको समीक्षा गरेका छौ । हामीले यसपटक झण्डै २८ प्रतिशत मात्रै उम्मेदवार उठाएका थियौं । त्यसबाट ९ लाख मत पाएका छौ’ नेपालले भने, ‘यदि सबै क्षेत्रमा उम्मेदवार उठाएको भए तेब्बर मत हुन्थ्य