काठमाडौं। चाबहिलमा रहेको हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालले अक्सिजनको अभावमा थप उपचार गर्न नसकिने जनाएको छ। कोरोना संक्रमितको लागि आवश्यक पर्ने अक्सिजनको आपूर्ति नहुँदा आजदेखि थप विरामीको उपचार गर्न नसकिने अस्पतालले जनाएको छ। आजदेखि अक्सिजनको आपूर्ति सहज नहुँदासम्म सिमित शैय्यामा मात्र कोरोना संक्रमितको उपचार गरिने अस्पतालका निर्देशक डा. हेमबहादुर लिम्बुले बताए।