काठमाडौं। धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ विरामी भर्ना लिन रोकेको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो । कोभिड-१९ बिरामीको उपचार गराउँदै आएको अस्पतालमा सरकारले दैनिक १०० सिलिण्डर अक्सिजन मात्र अस्पतालाई दिन थालेपछि थप विरामीको उपचार गर्न नसकिने अस्पतालले जनाएको छ।