ताप्लेजुङका १०१ पर्यटकीय गन्तव्य समेटिएको फोटो पुस्तक सार्वजनिक

काठमाडौं। पर्यटन बोर्डले ताप्लेजुङको१०१ पर्यटकीय गन्तव्यको फोटो समावेश गरिएको पुस्तक सार्वजनिक गरेको छ। बोर्डले ताप्लेजुङ जिल्लाको पर्यटन प्रवद्र्धन गर्नलाई फोटो पुस्तक सार्वजनिक गरेको हो। पूर्व पर्यटनमन्त्री योगेश भट्टराई र बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पुस्तक सार्वजनिक गरेका हुन्। कार्यक्रममा बोल्दै भट्टराईले ताप्लेजुङ पर्यटनका लागि भर्जिन ल्याण्ड भएको बताए। उनले भने,“१०१वटा पर्यटकीय गन्तव्यको फोटो सार्वजनिक भएपछि पर्यटन व्यवसायमा सहयोग पुग्छ।”