प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीश र नेपाल बारका पदाधिकारीहरूको आन्दोलन र इजलास बहिस्कार बुधबार पनि जारी छ । प्रधानन्यायाधीश जबराले भने बुधबार ९ वटा बन्दी प्रत्यक्षीकरणका रिटहरु पेसीमा चढाएका छन् ।प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म अन्य मुद्दाहरु नहेर्ने अडानमा रहेका न्यायाधीश र वकिलहरु बन्दी प्रत्यक्षीकरण लगायत मौलिक हकसम्मबन्धी कानूनी उपचारको सन्दर्भमा भने इजलास नरोक्न सहमत भएपछि प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणका ९ वटा रिटहरु पेसीमा चढाएका हुन् ।बुध