पूर्वप्रधानन्यायाधीश पराजुली विरुद्धको अवहेलना मुद्दा सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको भन्दै परेको निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको इजलासले मनोज कुमार अधिकारीको उक्त निवेदनलाई दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णय नै सदर गरेको हो। डाक्टर केसीको मुद्दा मिलाउन उनका वकिललाई धम्की दिनेसम्म काम गरेर प्रधानन्यायाधीश पराजुलीबाट अदालतको अवहेलना भएको…

सम्बन्धित सामग्री

अवहेलना मुद्दा खेपेर चार पूर्वप्रधानन्यायाधीश अदालत धाउँदा …

३ फागुन, काठमाडौं । सर्वोच्च अदालतमा सोमबार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की आरोपितको भूमिकामा उपस्थित भए । आफूविरुद्ध परेको अवहेलना मुद्दामा उनीहरुले अदालतमै उपस्थित भएर लिखित जवाफ बुझाए । सरकारले संसद विघटन गरेपछि उनीहरुले संयुक्त विज्ञप्तिमार्फत उक्त कदम असंवैधानिक रहेको धारणा सार्वजनिक गरेका थिए । अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न […]

चार पूर्वप्रधानन्यायाधीश लिखित जवाफसहित सर्वोच्च अदालतमा हाजिर

अदालतको अवहेलना मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीश लिखित जवाफसहित आफैं अदालत हाजिर भएका छन् । पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालतको अवहेलना सम्वन्धि मुद्दामा सोमबार आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन् ।

लिखित जवाफ लिएर चार पूर्वप्रधानन्यायाधीश सर्वोच्चमा

काठमाडौं । चार पूर्व प्रधानन्याधीश अवहेलनासम्बन्धी मुद्दाको जवाफ दिन सर्वोच्च अदालत हाजिर भएका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ लिएर पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सोमबार सर्वोच्च पुगेका हुन् । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका उनीहरुविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए । निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गरिएको छ । पूर्वप्रधानन्यायाधीशहररू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पुस २४ गते प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धसमेत सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको छ ।

चार पूर्वप्रधानन्यायाधीशले बुझाए सर्वोच्च अदालतमा लिखित जबाफ

अदालतको अवहेलना मुद्दा खेपिरहेका चार पूर्वप्रधानन्यायाधीश आज सर्वोच्च अदालतमा उपस्थित भएका छन् । अदालतले चार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई गत माघ १५ गते अवहेलना मुद्दामा लिखितजबाफसहित आफै उपस्थित हुन आदेश जारी गरेको थियो । अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले...

प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पनि अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको छ । अधिवक्ता समीर हायुले सोमबार प्रचण्डविरुद्ध रिट दर्ता गर्नुभएको हो । सर्वोच्च अदालतले मुद्दा दर्ता गर्दै मंगलबारलाई पेसी तोकेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र चार पूर्वप्रधानन्यायाधीश तथा पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलना मुद्दा परेको छ ।

पूर्व प्रधानन्यायधीशहरु विरुद्ध पनि अदालतको अवहेलनासम्बन्धी  मुद्दा दर्ता

काठमाडौं । सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी चारवटा मुद्दा दायर गरिएको छ । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका छन् ।त्यस्तैगरी, अधिवक्ता  राजाराम घिमिरेले पूर्वसभामुख दमनाथ ढुङ्गानाविरुद्ध र अधिवक्ता लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायामाझीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरे ।प्रतिनिधिसभा विघटनको अदालतको व

चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा

अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी विज्ञप्ति प्रकाशित गरेको भन्दै सर्वोच्च अदालतमा ४ जना पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ताको निवेदन पेश भएको छ ।  पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको प्रक्रिया अगाडि बढेको हो ।  कुमार शर्माले अवहेलनासम्बन्धी मुद्दा दर्ताका लागि निवेदन दिएका हुन् ।  सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले अवहेलना मुद्दा दर्ताको प्रक्रियामा रहेको र आजै दर्ता हुने लोकान्त...

पराजुलीविरुद्ध अवहेलना मुद्दा : सर्वोच्चले झिकायो कैफियत प्रतिवेदन

८ चैत, काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने नहुने विवादमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले निवेदन दर्ता नहुनुको कारण उल्लेख भएको प्रतिवेदन पेश गर्न आदेश दिएको हो । मनोज अधिकारीले पराजुली प्रधानन्यायाधीश रहँदा नै अदालतको अवहेलनामा मुद्दा हालेका थिए …