सुर्खेत विमानस्थल विस्तार : सरकार ‘च्याप्टर क्लोज’ गर्दै, निजी क्षेत्र असन्तुष्ट

सुर्खेत विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गर्ने गरी प्रदेश सरकारले गरेको निर्णयप्रति निजी क्षेत्र असन्तुष्ट देखिएको छ । अघिल्लो हप्ता मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिक र स्थानीय सरकारको मतलाई कदर गर्दै विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गरिदिएका थिए ।सुर्खेत उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले विमानस्थल विस्तारको काम बन्द गरिनु प्रदेशको विकास नचाहने प्रवृत्तिको उदाहरण भएको जनाएका छन् । उनीहरूले विमानस्थल विस्तार कार्य गर्न सरकारको ध्यानाकर

सम्बन्धित सामग्री

भेइकल ट्र्याकिङमा सहजीकरण गर

सरकारले साउन १ गतेदेखि लागू गरेको ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम’ (भीसीटीएस) को विरोधमा निजी क्षेत्र आन्दोलित छ । जेठ १५ को बजेटमा घोषणा गरेर साउन १ बाट नै यसलाई लागू गर्दा निजी क्षेत्र असन्तुष्ट भई आन्दोलित हुनुलाई त्यति अस्वाभाविक मान्न पनि सकिँदैन । सिद्धान्ततः भीसीटीएसको पक्षमै रहेका व्यवसायीले यस्तो प्रणालीलाई चरणबद्ध रूपमा लागू गर्न माग गर्नुलाई अन्यथा भन्न सकिँदैन । निश्चय पनि एकैपटक यसको कार्यान्वयनमा जाँदा आउन सक्ने विभिन्न कठिनाइप्रति सरकार पनि पक्कै अनभिज्ञ छैन । त्यसैले चरणबद्ध कार्यान्वयन गर्न व्यवसायीको मागप्रति सरकार सकारात्मक हुनुपर्छ ।