सरकारले भोट माग्ने बजेट ल्याएको एमालेको प्रतिक्रिया

काठमाडाैं : नेकपा एमालेले आइतबार सार्वजनिक भएको बजेटलाई सत्तारुढ दलको भोट माग्ने माध्यमको रुपमा चित्रण गरेको छ।संघीय संसदमा आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। सो बजेट सत्तारुढ दलले आगामी आम निर्वाचनमा भोट माग्ने रणनीतिले ल्याएको एमालेको टिप्पणी छ।सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सम्पन्न संसदीय दलको बैठकले बजेट पूर्ण रुपमा स्रोत सुनिश्चितता नभई चुनावका लागि वितरणमुखी भएको निष्कर्ष निकाल