काठमाडौँ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत तेजनारायण साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।उनीमाथि प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीसँग बिजुलीको महसुल संकलन गरी हिनामिना गरेको आरोप छ । अनुसन्धानका क्रममा अधिकृत साहले विभिन्न व्यवसायीबाट विद्युत महसुलबापत ३३ लाख २० हजार २२६ रुपैयाँ उठाएको पाइएको छ ।सो रकम प्रतिष्ठानको खातामा जम्मा नगरेको पाइएको आयोगका