आईपीओ निष्कासन गर्ने तयारीमा रहेको दोर्दी खोला जलविद्युतको साधारण सभा असोज ६ गते

असोज ४, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले वार्षिक साधारण सभा असोज ६ गते गर्ने भएको छ ।  कम्पनीले सभा बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वरमा हुने बताएको छ ।सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ,साथै आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियमक निकायहरुको निर्देशनमा प्रबन्धक तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समिथिलाई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव पनि पारित गर्नेछ ।  साथै उक्त कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराइसकेको छ । कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङलेकम्पनीको आधारभुत पक्ष औषतभन्दा कम रहेको देखाउँछ । 

सम्बन्धित सामग्री

दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ।कम्पनीले २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर बिक्री गर्नेछ। यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २० लाख १९ हजार ८६९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यस

स्थानीयका लागि दोर्दीखोला जलविद्युत् कम्पनीको आईपीओ आजदेखि निष्कासनमा

वैशाख १३, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीले आज (मंगलवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयमा जारी पूँजी रू. १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरका कुल १० लाख ५४ हजार २६० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका (साविकको भारते, अर्चलबोट, श्रीभञ्ज्याङ, नौथर पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार गाविस) का लागि आईपीओ निष्कासन गरेको हो । स्थानीयले छिटोमा वैशाख २७ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ११ गतेसम्म आईपीओ विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि सिद्धार्थ बैंक, बेसींशहर शाखा लमजुङ, ग्लोबल आइएमई बैंक, सेराबजार, दोर्दी शाखा, कामना सेवा विकास बैंक, बेसींशहर शाखा, लमजुङ, मुक्तिनाथ विकास बैंक, बेसींशहर शाखा, लमजुङ र एनएमबि बैंक, बेसींशहर शाखा लमजुङबाट आवेदन दिन सकिने व्यवस्था छ । यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

दोर्दीखोला जलविद्युत् कम्पनीले मंगलवारदेखि स्थानीयका लागि आईपीओ निष्कासन गर्ने

वैशाख १२, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीले मंगलवारदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयमा जारी पूँजी रू. १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरका कुल १० लाख ५४ हजार २६० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका (साविकको भारते, अर्चलबोट, श्रीभञ्ज्याङ, नौथर पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार गाविस) का लागि आईपीओ निष्कासन गरेको हो । स्थानीयले छिटोमा वैशाख २७ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ११ गतेसम्म आईपीओ विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि सिद्धार्थ बैंक, बेसींशहर शाखा लमजुङ, ग्लोबल आइएमई बैंक, सेराबजार, दोर्दी शाखा, कामना विकास बैंक, बेसींशहर शाखा, लमजुङ, मुक्तिनाथ विकास बैंक, बेसींशहर शाखा, लमजुङ र एनएमबि बैंक, बेसींशहर शाखा लमजुङबाट आवेदन दिन सकिने व्यवस्था छ । यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

२०७८ सालमा ३ करोड २० लाख कित्ता आईपीओ निष्कासन

वैशाख ३, काठमाडौं । विसं २०७८ सालमा ११ ओटा कम्पनीका कुल ३ करोड २० लाख ७८ हजार ५४० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा आएको छ । छ ओटा हाइड्रोपावर कम्पनी,चार  ओटा लघुवित्त कम्पनी र एउटा लगानी समूहका कम्पनीले आईपीओ निष्कासन गरेका हुन् ।  ११ ओटा कम्पनीमध्ये सबैभन्दा बढी साहस उर्जा कम्पनीले १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले उक्त शेयर स्थानिय बासिन्दा र सर्वसाधारणको लागि निष्कासन गरेको छ । त्यसैगरी दोस्रोमा ग्रीन भेञ्चर्स लिमिटेडले ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त  कम्पनीले पनि स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको हो । ती कम्पनीमध्ये रिभर फल्स पावर लिमिटेडले गत चैत २७ गते पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ विक्री खुला गरिरहेको छ । कम्पनीले स्थानीयमा जारी पूँजी रू.७० करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल ७ लाख कित्ता आईपीओ विक्री खुला गरेकोे हो ।  स्थानीयलाई छुट्याएको शेयर सम्पूर्ण विक्री नभएमा उक्त विक्री नभएको शेयर समेत समायोजन गरी सर्वसाधारण (सामूहिक लगानी कोष तथा कर्मचारीमा समेत) निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ ।  स्थानीयले छिटोमा वैशाख ११ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन्।  उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा वैशाख २६ गतेसम्म यो आईपीओ विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ । आईपीओ खरीदका लागि प्राइम कमर्सियल बैंकका खाँदवारी, तुम्लिङटार, सभापोखरी, प्रभु बैंकको खाँदवारी शाखा, ग्लोबल आइएमई बैंकको खाँदवारी, चैनपुर शाखा, रिभर फल्स पावरको आयोजना कार्यालय, संखुवासभाबाट आवेदन दिन सकिने व्यवस्था छ । यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । विगतका वर्षहरुमा भन्दा यस वर्ष चाहि कम कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । बीचको सम यमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बिहिन भएकाले नयाँ कम्पनीले आईपीओ निष्कासन प्रक्रियाको स्वीकृती पाउन ढिला हुँदा अघिल्लो वर्षभन्दा गत वर्ष २०७८ सालमा कम कम्पनीले आईपीओ निष्कासन गरेका हुन् । २०७८ सालमा आईपीओ निष्कासन गर्न अनुमति पाएका ११ ओटा कम्पनीहरु :   स्रोत : नेपाल धितोपत्र बोर्ड  दुई ओटा कम्पनीको आईपीओ हाल निष्कासनमा  त्यसो त स्वीकृती पाएको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको वैशाख २ गतेदेखि आईपीओ निष्कासन भएको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कुल कित्तामध्ये ६ हजार २ कित्ता कर्मचारीको लागि,१९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा वैशाख ६ गतेसम्म रहेको छ । सो समय अवधिमा आईपीओ विक्री नभएमा वैशाख १६ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफट्वेयरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी विन्ध्यबासिनी हाइड्रोपावर वेशाख ११ गतेदेखि स्थानीय बासिन्दाका लागि निष्कासन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० लाख कित्ता आईपीओ निष्कानस गर्न लागेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा वैशाख २५ रहेको छ । सो अवधिमा सम्पूर्ण शेयर विक्री नभएमा जेठ ९ गतेसम्म आवेदन दिन पाइने छ । उता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डबाट स्वीकृती पाएको दोर्दी खोला जलविद्युत् कम्पनीले भने शुक्रवारसम्म मिति तय गरेको छैन ।

दोर्दी खोला जलविद्युत् कम्पनीले पायो आईपीओ निष्कासनको अनुमति

चैत २८, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले चैत २८ गते रू. २९ करोड ५१ लाख ९२ हजार ९०० बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता शेयर निष्कासनको अनुमति पाएको हो । यो शेयर विक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा २८ प्रतिशत शेयर जारी गर्न लागेको हो । हाल संस्थापकतर्फबाट कम्पनीले चुक्ता गरेको ७२ प्रतिशत पूँजी रू. ७५ करोड ९० लाख ६७ हजार ५०० रहेको छ ।

आईपीओ निष्कासनका लागि दुई कम्पनीले बोर्डमा दिए निवेदन

पछिल्लो समय दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । मानुषी लघुवित्त वित्तीय संस्था र दोर्दी खोला जलविद्युत कम्पनीले पछिल्लो समय आईपीओ निष्कासन गर्नका बोर्डमा निवेदन दिएका हुन् ।  लघुवित्तले बैशाख १३ गते र दार्दी खोला जलविद्युत कम्पनीले बैशाख २१ गते आईपीओ निष्कासनको निवेदन दर्ता गराएको हो । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता र दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासनको तयारी गरेका हुन ।  लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा नेपाल ए...