चैत २८, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।
कम्पनीले चैत २८ गते रू. २९ करोड ५१ लाख ९२ हजार ९०० बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता शेयर निष्कासनको अनुमति पाएको हो ।
यो शेयर विक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा २८ प्रतिशत शेयर जारी गर्न लागेको हो ।
हाल संस्थापकतर्फबाट कम्पनीले चुक्ता गरेको ७२ प्रतिशत पूँजी रू. ७५ करोड ९० लाख ६७ हजार ५०० रहेको छ ।