अब घरजग्गा कारोबार गर्न अनिवार्य इजाजत लिनुपर्ने भएको छ । घरजग्गा कारोबार अस्वभाविक हुँदा भूमीको मूल्य पनि अस्वभाविक रुपमा बढिरहेको भन्दै सरकारले बजेटमार्फत नै घरजग्गा कारोबारमा थप कडाई गर्ने नीति घोषणा गरेअनुसार कानुन बन्न लागेको हो । घरजग्गा कारोबार गर्न इजाजत लिनुपर्ने व्यवस्थासहित मालपोत ऐन संशोधन हुने प्रक्रिया पनि सुरु भएको छ । केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ । मालपोत ऐन २०३४ लाई संशोधन गर्दै उक्त ऐनमा अब सरकारबाट अनुमति प्राप्त संस्थाले मात्रै घर जग्गा कारोबार गर्न पाउने व्यवस्था गरिएको छ । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमा उल्लेख भए अनुसार अब घरजग्गा कारोबार गर्दा राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्रमा सोही सूचनामा उल्लेख भएको क्षेत्रफल वा सीमाभन्दा बढीको घरजग्गा कारोबार गर्दा मालपोत ऐन बमोजिम इजाजत लिनुपर्ने छ ।शुल्क लिएर वा नलिई कसैको घरजग्गा किनबेच गर्ने, यसरी घरजग्गा बिक्रि गर्न सहयोग गर्ने, किनबेचका लागि परामर्श दिने व्यक्ति वा सेवा दिने कामलाई समेटेर लाइसेन्स लिनुपर्ने प्रावधान राखिएको छ । संसदबाट पारित भएको विधेयकमा घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र जारी गर्ने व्यवस्था भएपनि कहाँबाट यस्तो इजाजत पत्र जारी हुने भन्ने लेखिएको छैन । तर, मन्त्रिपरिषदले निर्णय गरेर प्रदेश सरकारलाई घरजग्गा कारोबार गर्न दिने गरी इजाजत पत्र जारी गर्ने अधिकार पठाउन सक्ने अनुमान गरिएको छ । लाइसेन्स नलिई कारोबार गरे के हुन्छ ?विधेयकमा इजाजतपत्र नलिई घरजग्गा कारोबार गरेमा १० लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने छ ।चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट, मौद्रिक नीतिमै उल्लेख भएको विषयमा कानुन बन्न लागेको हो । अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि कानुन लागू हुनेछ । भू–उपयोग नियमावली–२०७९ मार्फत पनि जग्गाको कित्ताकाट र किनबेचमा कडाई गरिएको छ ।
नागरिकता राज्य र नागरिकबीचको राजनीतिक सम्बन्धको सेतु हो । पछिल्लो पाँच दशकदेखि नागरिकता सम्बन्धी सवाल राजनीतिक अस्त्रको रूपमा प्रयोग भइरहेको छ । नेपालमा अचल सम्पत्ति किनबेच गर्न, व्यापार व्यवसाय गर्न र राज्यबाट सुविधा तथा अधिकारको उपभोगका लागि नागरिकता अनिवार्य मानिन्छ ।
नागरिकता राज्य र नागरिकबीचको राजनीतिक सम्बन्धको सेतु हो । पछिल्लो पाँच दशकदेखि नागरिकता सम्बन्धी सवाल राजनीतिक अस्त्रको रूपमा प्रयोग भइरहेको छ । नेपालमा अचल सम्पत्ति किनबेच गर्न, व्यापार व्यवसाय गर्न र राज्यबाट सुविधा तथा अधिकारको उपभोगका लागि नागरिकता अनिवार्य मानिन्छ ।
विभागले सूचना जारी गर्दै नयाँ दर्ताका लागि आएका सवारीसाधन, फागुनपछि किनबेच भई नामसारी गर्न आएका र नवीकरण गर्न आएका सवारी साधनमा भने अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने स्पष्ट पारेको छ ।
ताप्लेजुङ-जिल्ला सदरमुकामदेखि एकदिनको पैदल दूरीमा अवस्थित छिरुवा बजार कुनै बेला व्यापारिक केन्द्र थियो । जिल्लाको उत्तरी क्षेत्रका गाउँबस्तीदेखि चीनसँग सीमा जोडिएको ओलाङचुङगोलासम्मका बासिन्दाको दैनिक उपभोग्य सामग्री किनबेच गर्ने थलोका रूपमा छिरुवा बजारको परिचय थियो । अझ कंञ्चनजंघा बेसक्याम्प जाने मुख्य पैदलमार्ग पनि भएकाले ट्रेकिङ क्याम्प अनिवार्य हो । तर समयक्रमसँगै छिरुवा बजार छिचोलेर तमोर नदीको […]
बिरा दत्त भट्टभारतीय बजार धार्चुला जान नेपालीले परिचयपत्र अनिवार्य देखाउनुपर्ने भएको छ । नेपाल-भारत जोड्ने खलंगाको सीमा पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकलाई अनिवार्य परिचयपत्र देखाउन सूचना बोर्ड नै टाँसेको छ ।हरेक दिन मजदुरी र काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ । सामान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपालीलाई पुलमै लाइन लगाएर एसएसबीले नागरिकता वा परिचयपत्र हेरेर मात्रै भारतीय क्षेत्रमा प्रवेश दिइरहेका छन् ।राहदानी, नागरिकता, मतदाता परिचयपत्र
सौन्दर्य प्रशाधनको बजार कति ठूलो छ ? सरसर्ती कुनै शहर–बजारको एक फन्को लगाउँदा सामान्य अनुमान गर्न सकिन्छ । हरेक गल्लीमा, चोकमा, घुम्तीमा सौन्दर्य प्रशाधन किनबेच भइरहेको भेटिन्छन् । अहिले महिला मात्र होइन पुरुषका लागि पनि सौन्दर्य प्रशाधन अनिवार्य जस्तै हुँदै गएको छ । महिलाको लागि त यो नभई हुन्न । सौन्दर्य प्रशाधनको बढ्दो मागकै कारण […]