छिरुवा बजार सुनसान, होटल तथा पसल भएका घरमा चाबी

ताप्लेजुङ-जिल्ला सदरमुकामदेखि एकदिनको पैदल दूरीमा अवस्थित छिरुवा बजार कुनै बेला व्यापारिक केन्द्र थियो । जिल्लाको उत्तरी क्षेत्रका गाउँबस्तीदेखि चीनसँग सीमा जोडिएको ओलाङचुङगोलासम्मका बासिन्दाको दैनिक उपभोग्य सामग्री किनबेच गर्ने थलोका रूपमा छिरुवा बजारको परिचय थियो । अझ कंञ्चनजंघा बेसक्याम्प जाने मुख्य पैदलमार्ग पनि भएकाले ट्रेकिङ क्याम्प अनिवार्य हो । तर समयक्रमसँगै छिरुवा बजार छिचोलेर तमोर नदीको […]