नाम्खा गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले ०७८/७९ मा सम्पादन गरेका कार्यको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि सो गाउँपालिकाले अघिल्लो वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो। जानकारहरूका अनुुसार गाउँपालिकाहरूले गर्नुपर्ने महत्वपूर्ण कार्यमा अघिल्लो आर्थिक वर्षमा भएका कामको सार्वजनिक सुनुुवाइ कार्यक्रम पर्छ। त्यसैलाई ध्यानमा राखी नाम्खा गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको […]

सम्बन्धित सामग्री

चुवा–लुड्फ्या खोला जलविद्युत् आयोजनाको प्रतिवेदन तयार

सिमकोट – माथिल्लो चुवा–लुड्फ्या खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन चार वर्षको अध्ययनपछि तयार भएको छ। लामो समय लगाएर तयार पारिएको उक्त प्रतिवेदनमाथि स्थानीय सरोकारवालासँग सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो। उक्त आयोजनाको प्रभाव मूल्यांकनको जिम्मेवारी पाएको नेपाल पोर्टफोलियो इनर्जी प्रालिका निर्देशक उमेश भण्डारीका अनुसार ११० दशमलव दुई मेघावाटको उक्त विद्युत् आयोजनाको प्रभाव […]

बालमन्दिर माविद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना

सिमकोट – बालमन्दिर माध्यमिक विद्यालयले आफ्ना शैक्षिक सत्र २०७९ सालको सार्वजनिक सुनुवाइ गरेको छ। विद्यालयको समग्र क्षेत्र समेटिएको प्रतिवेदन प्रस्तुत सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो। सुनुवाइ कार्यक्रममा शैक्षिक सत्र २०७९ मा जम्मा आम्दानी एक करोड ४८ लाख ३९ हजार १९२ रुपैयाँ रहेकामा एक करोड ४२ लाख ७१ हजार २४३ रुपैयाँ खर्च भएको र विद्यालयको खातामा […]

सार्वजनिक सुनुवाइमा गुनासो नआउने गरी काम गर्न मेयर दाहालको निर्देशन

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०७९/८० को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रेनु दाहालले निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गरिन् ।  भरतपुरमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना र निर्माण हुने सिग्नेचर ब्रिज, अलपत्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र ल्याण्डफिल साइटको कामलाई पूर्णता दिने उल्लेख गरिन् । एकान्टेविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख गणेश नेपालीले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।  कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम्...

रामधुनीको सार्वजनिक सुनुवाइ : विकास आयोजनामा जोड दिन सुझाव

सुनसरीको रामधुनी नगरपालिकाले आफ्नो चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

तल्लो इन्द्रावतीको निर्माण प्रक्रिया अघि बढ्यो

दस वर्षभन्दा लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पुनः अघि बढेको छ । विसं २०६७ देखि बन्द भएर खारेज भएको सो आयोजनालाई नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा सकारेपछि पुनः निर्माण प्रक्रिया थालिएको हो । चार दशमलव पाँच मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि आज कम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गरी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत आयोजनाबाट प्रभावि

रघुगंगामा सार्वजनिक सुनुवाइ

म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७८-०७९ को दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाको विषयगत शाखा, वडा र गाउँपालिकाको तर्फबाट प्रगति प्रस्तुत गरिएको थियो । सार्वजनिक सुनुवाइमा सहभागीहरूले विकास खर्चलाई बढाउन नसकेको, ठेक्कामार्फत अघि बढेका योजनालाई गतिदिन नसकेको, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वास्तविक लाभग्राही समेटिन नसकेको, मौवाफाँट […]

वीरगञ्ज महानगरको सार्वजनिक सुनुवाइ सम्पन्न

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइका क्रममा नागरिकले उठाएका प्रश्नको जवाफ दिँदै महानगर प्रमुख विजयकुमार सरावगीले बितेका २०/२५ वर्षमा हुन नसकेको विकास निर्माणको काम आफूले साढे ४ वर्षमा गरेको दाबी गरे । आफूले महानगरको नेतृत्व सम्हाल्दा महानगर ऋणमा डुबेको बताउँदै प्रमुख सरावगीले भने, ‘महानगरले सीमित स्रोतका बीच विकास निर्माण र नागरिकलाई सेवा प्रवाहमा उल्लेखनीय काम गरेको छ ।’ विगतको तुलनामा महानगरको आयस्रोतमा सुधार आएको पनि उनले बताए । महानगरले कोरोना महामारी नियन्त्रणमा नमूना काम गरेको पनि उनको भनाइ छ । उज्यालो वीरगञ्ज, पूर्ण खोपजस्ता नमूना कार्यक्रम अन्य पालिकाका लागि पनि अनुकरणीय भएको उनले बताए । ‘फोहोर व्यवस्थापनमा निजीक्षेत्रको सहभागिता, अस्पतालजन्य फोहोर व्यवस्थापन, सडक, नाला, बसपार्कजस्ता संरचनाको निर्माण तथा नागरिकलाई सेवा प्रवाहमा व्यापक सुधार आएको छ । यसलाई अझ प्रभावकारी बनाउन नगरवासीको रचनात्मक सहकार्यको खाँचो छ,’ उनले भने । वीरगञ्ज कारागारलाई स्थानान्तरण गर्ने योजना पनि सरावगीले सुनाए । ‘वीरगञ्जको मध्यभागका रहेको कारागारका कारण विभिन्न समस्या भएको छ । यसलाई मुख्य शहरबाट केही पर सार्ने योजना छ,’ उनले भने । नगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै सरावगीले विभिन्न योजना अघि बढाउन समस्या भएको बताए । महानगरले युवा, ज्येष्ठ नागरिक, महिला, बालबालिका, रोजगारी, उद्यम, व्यापार प्रवद्र्धनलगायत कार्यक्रम ल्याएको उनको भनाइ थियो । सार्वजनिक सुनुवाइ कार्यक्रम वीरगञ्ज महानगर वडा नं ५ का अध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा भएको थियो । अध्यक्ष चौरसियाले आफूले सो वडालाई विकासमा नमूना वडा बनाउने प्रयास गरेको बताए । सीमित स्रोतसाधन भएर पनि सडक तथा नाला निर्माण, सीसीटीभी क्यामेरा जडान, विद्युतीकरणलगायत काम गरेको र वडावासीको समस्याको समाधानमा आफू सधैं तत्पर रहेको पनि महानगर प्रमुख सरावगीले बताए । कार्यक्रममा सहभागी अधिकांशले सो वडामा उल्लेखनीय विकासका काम भएको बताए । उनीहरूले महानगरले विकास निर्माणका योजना र सेवा प्रवाह अझ बढी प्रभावकारी र नागरिकमैत्री बनाउन आग्रह गरेका थिए ।

एक वर्षमा फेदीखोला गाउँपालिकाको प्रगती के–के भए ? - Naya Patrika

स्याङ्जाकाे फेदीखोला गाउँपालिकाले प्रथम वर्षगाँठको अवसरमा गाउँपालिकाको सेवा प्रवाह र प्रभावकारिता,कार्यउपलब्धि, जनचाहना र जनगुनासो विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेकाे छ । बुधबार अायाेजना गरेकाे कार्यक्रममा फेदीखोला गाउँपालिकाका जनप्रतिनिधिले पदभार...पूरा पढ्नुहोस् »

भक्तपुरमा सार्वजनिक सुनुवाइ सम्पन्न

भक्तपुर,असार २८ गते । भक्तपुर नगरपालिकाले मङ्गलबार यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नवनिर्वाचित...