प्रकृति सेवा प्रतिष्ठान वीरगञ्जद्वारा बिरुवा बाँड्ने अभियान शुरु

जेठ १३, वीरगञ्ज । कोरोना महामारीका बेला प्रकृति सेवा प्रतिष्ठान नेपालले वीरगञ्जका बिरुवा बाँड्ने अभियान शुरु गरेको छ । अक्सिजनको दीर्घकालीन स्रोत रुख हुर्काउन प्रेरित गर्ने उद्देश्यले विभिन्न प्रजातिका विरुवा वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहले बताए ।  अहिले कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव भएपनि दीर्घकालका लागि मानव जीवनलाई यसको अभाव नहोओस् भन्नका लागि वीरगञ्जका विभिन्न स्थानमा विरुवा बाँडिएको प्रतिष्ठानले बताएको छ ।  प्रतिष्ठानले एक साताभन्दा लामो समयदेखि नगर क्षेत्रका  बासिन्दाहरुलाई निःशुल्क विरुवा दिएर आआफ्नो घरआँगानमा रोप्न प्रेरित गरिहेको छ । प्रकृति संरक्षणलाई मुख्य उद्देश्य बनाएको प्रतिष्ठानले विगत लामो समयदेखि वीरगञ्जमा वातावरण संरक्षणको पक्षमा काम गर्दै आएको छ । नगर क्षेत्रमा विरुवा रोप्ने, वितरण गर्ने र  सिर्सिया नदी सफाईलगायतमा कामका प्रतिष्ठान सक्रिय छ ।