एभोकाडोको विरुवा बाँड्दै कुँवर

जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले व्यक्तिगत लगानीमा पाँच वर्षयता एभोकाडोको विरुवा बाँड्न थाल्नुभएको छ । कृषकलाई आधुनिक खेतीतिर आकर्षित गर्न निजी लगानीमा एभोकाडोको बिउ उमारेर विभिन्न स्थानमा वितरण गरिरहनुभएको हो । “एक वर्षमा ३०/४० हजारको बिउ उमारेर निःशुल्क बाँड्ने गरेको छु ।” कुँवरले भन्नुभयो, “राम्रो उत्पादन र आयआर्जनमा सहज भएकाले आफैँ बिउ उमारेर यहाँका कृषकलाई बाँड्ने गरेको छु ।”

सम्बन्धित सामग्री

चाँगुनारायणलाई एभोकाडो सिटी बनाउने अभियानले यस वर्ष पनि पायो निरन्तरता

भक्तपुर । जिल्लाको चाँगुनारायण नगरपालिकालाई एभोकाडो सिटी बनाउने अभियानले यस वर्ष पनि निरन्तरता पाएको छ । गत वर्ष सुरु भएको ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’अन्तर्गत यस वर्ष पनि नगरवासीलाई निःशुल्क एभोकाडोको विरुवा वितरण भइरहेको छ । वर्षायाममा मात्र विरुवा रोप्ने कार्यक्रम गर्दै आएको यस अभियानले गत वर्ष नगर क्षेत्रका सबै वडामा करिब ७ हजार एभोकाडोको […]

चाँगुनारायणलाई ‘एभोकाडो सिटी’ बनाउने अभियान सुरु

काठमाडौं, १ साउन । भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान सुरु भएको छ । चाँगुनारायणका प्रत्येक घरपरिवारलाई एभोकाडो लगाउन प्रेरित गर्ने उद्देश्यले प्रतिघर दुईवटा एभोकाडोको विरुवा निःशुल्क वितरण गरेर अभियानको सुरुवात गरिएको हो । तीन वर्षसम्म अभियान सञ्चालन गरी चाँगुनारायण सिटीलाई एभोकाडो सिटीको पहिचान दिने उद्देश्य रहेको अभियानका संयोजक नरेश खड्काले बताए । चाँगुनारायणबासीहरुको […]

वीपी स्मृतिमा बाँडेगाउँमा बृक्षारोपण, गृहमन्त्रीले रोपे एभोकाडो

६ साउन, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले वीपी स्मृति दिवसका दिन बाँडेगाउँ पुगेर वृक्षारोपण गरेका छन् । बुधबार बिहान ललितपुरको बाँडेगाउँमा रहेको स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको आश्रम पुगेर गृहमन्त्री खाँणले वृक्षारोपण गरेका हुन् । उनले एभोकाडोको विरुवा रोपेका हुन् । कांग्रेस नेता रामहरी खतिवडाका अनुसार कार्यक्रममा सहभागीले विभिन्न फलफूलका बिरुवा रोपेका थिए । १९७१ भदौ […]

एभोकाडो खेतीमा आकर्षण

सिन्धुलीमा पहिलो पटक एभोकाडोको खेती सुरु गरिएको छ । जिल्लाका स्थानीय किसानले व्यवसायीक रुपमा खेती थालनी गरेका हुन् । जिल्लाको जुनार पकेट क्षेत्रका रुपमा चिनिएको गोलञ्जोर गाँउपालिका–४ तीनकन्याका एक किसानले यहि वर्षबाट खेती सुरु गरेका छन् । जुनार व्यवसायीसमेत रहेका स्थानीय किसान लालबहादुर मगरले जुनारबाट भन्दा पनि फाइदा हुने देखिएपछि एभोकाडोको विरुवा रोपेका हुन् ।

प्रधानमन्त्रीले रोपे एभोकाडोको विरुवा, फोटो फिचर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगको परिसरमा एभोकार्डोको विरुवा रोपेका छन्। विश्व वातावरण दिवशको अवसरमा प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुले  बुधबार योजना आयोग परिसरमा फलफूलका विरुवा रोपेका हुन्।   सरकारले एक नेपाली एक फलफूलका विरुवा कार्यक्रम गत वर्षदेखि सुरु गरेको हो। यही क...