प्रदूषण नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधिलाई सुझाव

बहुदलीय शासन प्रणाली रहेको हाम्रो मुलुकको स्थानीय तहमा जुनसुकै पार्टीको प्रतिनिधि वा स्वतन्त्र उम्मेदवार जसले विजय हासिल गरे पनि उक्त तहले जनप्रतिनिधि प्राप्त गर्दछ । मेयर, उपमेयर, गाउँपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यहरू चुनिएर जनप्रतिनिधिको रूपमा आउनेछन् । जुन पार्टीको भएता पनि विजेता भए पश्चात् पार्टीको मात्र नभएर सम्पूर्ण वडाको गा.पा./न.पा.को नै प्रतिनिधित्व गर्नु प्रमुख दायित्व […]

सम्बन्धित सामग्री

लुम्बिनी चिनी मिलले प्रदूषण गरेको भन्दै स्थानीय बासिन्दाको प्रदर्शन

लुम्बिनी चिनी मिलले प्रदूषण नियन्त्रण नगरेको भन्दै पश्चिम नवलपरासीको सुनवलका स्थानीय आन्दोलनमा उत्रिएका छन् ।  उद्योगबाट निस्कने प्रदूषण नियन्त्रण गर्न उद्योग प्रशासनलाई पटक–पटक आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

अनुकूल मौसमको प्रतीक्षामा चार सयभन्दा बढी सगरमाथा आरोही

काठमाडौं । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (Rope fixing) गर्ने योजना थियो । तर, एकसातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ । सगरमाथा आरोहणका लागि दक्ष कामदार (Icefall Doctor) ले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन् । उनीहरूले चुचुरोसम्म डोरी टाँगेपछि मात्र आरोहण शुरू हुन्छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतीक्षारत छन् । उनीहरू सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा सुखद आरोहणको पर्खाइमा छन् ।  चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा छन् । मौसमले साथ दिएमा छिट्टै उनीहरूले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरू भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले  जानकारी दिए । 'शुरूमा आजसम्म डोरी टाँग्ने लक्ष्य थियो, मौसमको प्रतिकूलताले त्यो अहिले रद्द भइसकेको छ', उनले भने, 'मौसम विवरणअनुसार शनिबार र आइतबार मौसम राम्रो देखाएकाले सायद आरोहण निरन्तर अघि बढ्छ होला ।' अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ३५ देखि ४० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो । सो क्षेत्रमा हावाका साथै हिमपात भइरहेको छ । आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाडौँ फर्किएका छन् । अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन् ।  पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले धेरै आरोही सगरमाथा आधार शिविरमा अनुकूल मौसमको प्रतीक्षामा रहेको बताए । 'उपयुक्त मौसमको पर्खाइमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म पुग्दै पुनः आधार शिविर फर्किरहेका छन्', उनले भने, 'मौसम खुलेपछि सबै आरोहीको सगरमाथा क्षेत्रमा जाम हुन्छ ।'  आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घ, सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPPC) र स्थानीय प्रतिनिधिहरू रहेको समिति सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ ।   सगरमाथाको दोस्रो शिविरसम्म एसपिसिसीले बाटो बनाएको थियो । पछिल्लो एक सातादेखि सगरमाथा क्षेत्रमा मौसमको खराबीले बाक्लो हिउँ पर्नुका साथै हावा चलिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टरहरू सगरमाथाको आधार शिविरमा फर्किएका छन् । मौसम अनुकूल हुनेबित्तिकै चुचुरोसम्म डोरी टाँग्ने काम शुरू हुने निर्देशक शेर्पाले बताए । साउथ कोलबाट चुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उनको भनाइ छ ।  लुक्लामा रहेका सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाका अनुसार अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको आधार शिविरमा छन् । सगरमाथा क्षेत्रमा मौसम बिग्रिएका कारण आफूहरू लुक्लामा आराम गरिरहेको उनले बताए । शेर्पाको कम्पनीबाट मात्रै ८० भन्दा बढी आरोही छन् । आधार शिविरमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म ओहोरदोहोर गरिरहेका भए पनि पछिल्ला दिनमा मौसम बिग्रिएकाले उनीहरू आधार शिविर ओर्लिएका हुन् । वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन् । उनीहरूमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।  सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका तीन सय २३ र सन् २०२१ मा ४२ समूहका चार सय नौ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैँमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मकरूपमा अनुकूल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरूको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ ।  नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपाल तर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ ।  पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका Sir Edmund Hillary सगरमाथाको चुचुरोमा पुगेका थिए । सिबी अधिकारी,  रासस

नयाँ दिल्लीको हावाको अवस्था अहिलेसम्मकै सबैभन्दा खराब

एजेन्सी । नयाँ दिल्लीको हावाको अवस्था अहिलेसम्मकै सबैभन्दा खराब भएको भन्दै चेतावनी जारी गरिएको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले ४८ घण्टाका लागि हावाको गुणस्तर निकै गम्भीर बनेको बताएको हो । राज्य र स्थानीय निकायलाई आपत्कालीन उपाय लागू गर्न बोर्डको सुझाव छ । यसमा गम्भीर रोगी, बालबालिका, वृद्ध र गर्भवती महिलालाई कम्तीमा दुई […]

जगदम्बा स्टिलमा तोडफोड गर्नेलाई कानूनी कारबाही गर्न सुझाव

असोज २, काठमाडौं । बारामा रहेको जगदम्बा स्टिल्स प्रालिमा भदौ ११ गते एमोनिया ग्यास प्लान्टको पाइपलाइनबाट ग्यास चुहिएर बाहिर फैलिंदा स्थानीयवासी तोडफोडमा उत्रिएको पाइएको छ ।             गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रिस्तरीय निर्णयबाट गठन गरिएको छानबिन समितिले उद्योग परिसरबाहिर ग्यास फैलिएपश्चात स्थानीय बासिन्दा आक्रोशित भई उद्योगभित्र प्रवेश गरी तोडफोड गरेको देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ ।            समितिले उक्त प्रतिवेदन शुक्रवार गृहमन्त्री खाँणलाई बुझाएको छ । भदौ २१ मा मन्त्रालयका सहसचिव टेकराज निरौलाको संयोजकत्वको नौ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा शुक्रवार जारी विज्ञप्तिमा ग्यास चुहावटको सूचना प्राप्त भई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले तोडफोड नियन्त्रणको प्रयास गर्दा गर्दै पनि उद्योगमा स्थानीयवासीको भीडले तोडफोड गरेको प्रतिवेदनमा उल्लेख रहेको बताइएको छ ।             छानबिन समितिले सरकारको तर्फबाट तोडफोडमा संलग्नको पहिचान गरी कानूनबमोजिम कारवाही गर्न र औद्योगिक सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सुझाव दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिले उद्योग सञ्चालन गर्दा औद्योगिक सुरक्षा मापदण्डको पालना गर्न, उद्योगबाट सृजना हुने प्रदूषण नियन्त्रण गर्न र उद्योगमा कामदार तथा कर्मचारी भर्ना गर्दा योग्यता पुगेका स्थानीयवासीलाई प्राथमिकता दिन पनि सुझाव दिएको छ ।             प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले प्राप्त सुझावका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयन गर्न मन्त्रालयको तर्फबाट पहल गरिने जानकारी दिएका छन् । रासस यो पनि हेर्नुस् : जगदम्बा स्टीलमा भएको तोडफोड प्रकरणको छानविन गर्न उद्योग वाणिज्य संघको माग

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

जेठ ३१, कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमवार प्रदेशसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।  आगामी आवको बजेट असार १ गते ल्याउनैपर्ने बाध्यकारी व्यवस्था भएकाले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको सरकारले नीति तथा कार्यक्रम सोमवार नै प्रस्तुत गरेको हो । बजेटको प्राथमिकता र सिद्धान्त भने यसअघि नै निवर्तमान अर्थमन्त्री किरण गुरुङले संसद्मा प्रस्तुत गरिसकेका थिए । ्नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पौडेलले कोभिड नियन्त्रण, प्रदेशका विभिन्न जिल्ला अस्पतालको विशिष्टीकरण, कोभिडबाट मृत्यु भएका स्वास्थ्यकर्मी र सर्वसाधारणका परिवारलाई राहत, पर्यटन प्रवद्र्धन, पूर्वाधार निर्माण, विश्वविद्यालय निर्माण लगायत कार्यक्रम प्रदेश सरकारको प्राथमिकतामा रहेको जानकारी दिइन् । कृषिको उत्पादकत्व बढाउन चाक्लाबन्दी, बिउबिजनको व्यवस्था, माटोको परीक्षण लगायत कार्यक्रम लागू गर्ने घोषणा गरिएको छ । बाँझो जग्गामा खेती गर्न प्रोसाहन, सिँचाइको व्यवस्था, कृषि बीमा कार्यक्रम, बजारीकरण, हावापानी अनुकूलको खतीपातीलाई प्रोसाहन, कृषि एम्बुलेन्स सञ्चालन, चिस्यान केन्द्र निर्माण लगायत कार्ययोजना रहेको जानकारी प्रदेश प्रमुख पौडेलले जानकारी दिइन् । स्थानीय तहसँगको समन्वयमा प्रत्येक वडामा आवश्यक प्राविधिक परिचालन, मत्स्यपालनमा प्रोसाहन, गरीबको पहिचान तथा गरीबी न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । बेरोजगारलाई राजगारी दिलाउन साना तथा मझौला उद्योग सञ्चालनमा प्राथमिकता दिने, स्थानीय कच्चापदार्थ तथा उत्पादनलाई प्रोत्साहन गर्ने, उद्योग खोल्न सहजीकरण गर्ने र स्वरोजगारका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था गर्ने कार्यक्रम रहेका जानकारी प्रदेश प्रमुखले दिइन् ।  गण्डकी प्रदेशलाई मुख्य पर्यटकीय राजधानी बनाउने कार्यलाई निरन्तरता दिने, होमस्टेलाई पूर्वाधारयुक्त बनाइने, चक्रीय पदमार्ग र अन्य पदमार्गको खोजी गरिने, प्रदेशभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधार निर्माण गर्ने योजना समेत प्रदेश सरकारको छ । प्रदेशमा जल, खेल, स्वास्थ्य, धार्मिक लगायतका पर्यटनको विकास गरिने, पोखरालाई हवाई सेवामार्फत प्रमुख शहरसँग जोडिने र जैविक तथा पर्यटकीय पदमार्ग निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । मुस्ताङमा कस्तुरी प्रजनन केन्द्रको स्थापना, प्रदूषण नियन्त्रण, आयात प्रतिस्थापनलाई प्राथमिकता दिने, फेवाताल लगायत तालको गुरुयोजना निर्माण, गिटी, बालुवाको उत्खनन गर्ने योजना समेत रहेको प्रदेश प्रमुख पौडेलले जानकारी दिइन् । त्यसैगरी प्रदेशका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक २ वर्षभित्र निर्माण गर्ने, सिद्धार्थ तथा पृथ्वी राजमार्गको स्तरवृद्धि कार्यमा सहजीकरण गर्ने कार्यक्रम समेत रहेको उनले बताइन । यसैगरी पोखरामा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने, यातायात कार्यालयलाई व्यवस्थित गरिने, प्रदेशका सबै स्थानमा विद्युतीकरण, नवीकरणीय ऊर्जामा प्रोसाहन तथा सिँचाइ योजना सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । प्रदेश सरकारले वातावरणीय प्रभाव मूल्यांकन गरी ढुंगा, गिटी, बालुवाको उत्खनन, उपयोग तथा व्यवस्थापन गर्ने भएको छ । धवलागिरि संरक्षण क्षेत्रको सम्भाव्यता अध्ययन, नवलपुर, तनहुँ र कास्कीमा एक÷एकओटा वनपैदावर आधारित उद्योग निर्माण लगायत विभिन्न योजना नीति तथा कार्यक्रममा समेटिएका छन् ।

महामारीबीच चलायमान पर्वतारोहण अर्थतन्त्र

विश्वव्यापी महामारी कोभिड–१९ शुरू भएदेखि सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्यटन हो । यसबाट नेपाली पर्यटन पनि अछुतो रहेन नै । पर्यटन ठप्प भएको झन्डै डेढ वर्ष पुग्न लागेको छ । यस बीचमा सरकारले हरेक महीना केही हजार पर्यटक आइरहेको तथ्याङ्क प्रकाशित गरेको पनि छ । नेपालमै परिवार भएका, यहीँ पुर्ख्यौली घर भएका (गैरआवसीय नेपाली), यहाँ अध्ययन वा व्यापार गर्ने विदेशीहरूको संख्या पनि रहेको हुँदा वास्तविक पर्यटकको आगमन नगण्य नै रहेको छ । पर्यटन गतिविधिले अधिकांश समय चलायमान रहने राजधानीको पर्यटकीय केन्द्र ठमेलको शून्यता लम्बिइरहेको परिदृश्यले पनि देशमा पर्यटन पुनः ब्यूँतिन लामै समय लाग्ने संकेत गरिरहेको छ । पहिलो चरणको महामारीको असर उल्लेख्य रूपमा घटेको र सरकारले पर्यटकीय गतिविधि खुला गरेको मौका पारी हिमाल आरोहणका लागि उत्साहजनक संख्यामा पर्वतारोही पर्यटकहरू आए । उत्साहजनक यस अर्थमा कि गत हप्ता (अप्रिल ३०) मात्र पर्यटन विभागले प्रकाशित गरेको तथ्याङ्कमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अहिलेसम्मकै सबैभन्दा बढी आरोहण अनुमतिपत्र जारी गरिएको देखिएको छ । सगरमाथामा मात्र विदेशी तथा स्वदेशी गरी ४०८ जना आरोहीहरूले आरोहण अनुमति लिएको देखिएको छ । २०१९ को वर्षभरिको भन्दा यो बढी हो । सन् २०१९ मा जम्मा ३९७ जना आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका थिए । गतवर्ष २०२०मा भने सगरमाथामा कुनै आरोहण गतिविधि भएन । सगरमाथासँगै नेपालका ६५०० मीटर माथिका विभिन्न १६ हिमालमा नेपाललगायत विभिन्न मुलुकका ७४२ आरोहीहरू हिमालको चुलीमा सफलताको झण्डा फहराई साहासिक पर्यटकीय गतिविधिको मज्जा लिन मेहनतरत छन् । नेपाल पर्वतारोहण संघबाट अनुमति लिनु पर्ने ६५०० मीटर मुनिका केही हिमचुलीहरूमा थप आरोहीहरू पर्वतारोहणमा गएका छन् । पर्यटन निर्वाध सुचारु रहने समयमा पनि यस क्षेत्रले देशको समग्र अर्थतन्त्रमा कति योगदान दिइरहेको छ भन्ने यकिन तथ्याङ्क पाइएको छैन । पर्वतीय पर्यटनको ट्रेकिङ तथा हिमाल आरोहण क्षेत्रले केकति रोजगारी र आर्थिक योगदान राष्ट्रलाई दिएको छ भन्ने तथ्याङ्क पाउन थप मुश्किल छ । महामारीका बीच उत्साहजनक संख्यामा हिमाल आरोहणमा सहभागी भइरहेका पर्यटकहरूले कतिसम्म आर्थिक योगदान दिइरहेको छ भन्ने आकलन गर्ने प्रयास यस लेखमा गरिएको छ । नेपाल आउने पर्यटकमध्ये निकै थोरै मात्र पर्वतारोहण गतिविधिमा संलग्न हुन्छन् । सानै संख्यामा आए पनि त्यस्ता पर्यटकले सृजना गर्ने रोजगारीको अवसर र आर्थिक गतिविधि भने उल्लेख्य हुने गरेको छ । चालू वसन्त ऋतुका लागि अनुमति दिनेक्रम अन्तिम चरणमा पुग्दा पर्यटन विभागले ७४२ हिमाल आरोहीबाट झन्डै साढे ७१ करोड राजस्व संकलन गरिसकेको छ । विगतमा सरकारले आरोहीहरूबाट संकलन गर्ने राजस्वभन्दा यो रकम बढी हो । सरकारले प्रति विदेशी आरोही ११ हजार अमेरिकी डलर र नेपालीबाट ७५ हजार रुपैयाँ राजस्व लिने गरेको छ । प्रत्येक आरोहीले पर्वतारोहण सञ्चालक संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार संघजस्ता संस्थालाई विभिन्न शुल्क करीब १ हजार अमेरिकी डलर थप शुल्क तिर्नुपर्ने हुन्छ । सगरमाथा तथा ८ हजार मीटर माथिका हिमाल आरोहणको लागि आरोहण सञ्चालक कम्पनीहरूले असुल्ने आरोहण प्याकेज मूल्यको आधारमा औसत खर्च अनुमान गर्दा एक आरोही पर्यटकले औसत ४५ लाख रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । ८ हजारमुनि र ६५०० मीटर माथिका हिमालहरूका लागि पनि उनीहरूले प्रतिआरोहण करीब १० लाख खर्च गर्नुपर्ने हुन्छ । महामारी बीच हिमाल आरोहणमा तल्लीन आरोही पर्यटकको कारण कम्तीमा पनि ४ अर्ब बराबरको आर्थिक कारोबार यस क्षेत्रमा भएको देखिन्छ । पर्वतारोहणमा आउने यी पर्यटकले सृजना गर्ने रोजगारीको अवसर उनीहरूको योगदानको अर्को पाटो हो । ८ हजार मीटर माथिका ठूला हिमालहरूमा जाने आरोहीले रोजगारी दिने उच्च हिमाली पथप्रदर्शकको औसत संख्या त्यस क्षेत्रमा संलग्नहरूको भनाइ अनुसार प्रतिआरोही १ दशमलव ५ को अनुपातमा हुन्छ । कसैले दुई भन्दाबढी पथप्रदर्शक प्रयोग गर्ने र कसैले आफै (अलपाइन) आरोहण गर्ने हुँदा त्यस्तो तथ्याङ्क आएको हो । अहिले सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा मात्र ४०० पर्यटक आरोहीका लागि ६०० बढी नेपाली आरोही पथप्रदर्शकहरू खटिइरहेका छन् । यही अनुपातमा आरोहण गतिविधि चलिरहेका अरू हिमालमा पनि थुप्रै पथप्रदर्शक जनशक्ति संलग्न रहेका छन् । एक आरोहण याममा उनीहरूको औसत रोजगार अवधि ६० दिन र औसत आम्दानी ६ लाख हाराहारी हुने गर्छ । हिमालका आधार शिविर तथा ठूला हिमालको माथिल्लो क्याम्पहरूमा समेत खाना बनाउने अन्य सहयोगी कामदार प्रयोग हुने गर्छ । आधार शिविरसम्म बन्दोबस्तीका सामान पु¥याउने तथा ल्याउने कार्यका लागि हवाई उडान एवं संयौंको संख्यामा भरिया तथा जोप्के (चौरी) आदिको पनि प्रयोग हुने गर्छ । त्यस्तै हिमाल आरोहणमा जाने पर्यटक आरोहण अगाडि आधार शिविरसम्म र पछि त्यहाँबाट नजिकको सडक वा हवाई अड्डासम्म ट्रेकिङ गर्दै आउने जाने गर्नाले बाटोमा पर्ने स्थानीय बस्तीहरूमा समेत आर्थिक लाभ पुग्ने गरी गतिविधिहरू भइरहेको हुन्छ । यसबाट हिमाल आरोहणमा आउने पर्यटकले आफ्नो संख्याको तुलनामा आर्थिक योगदान उच्च रहेको हुन्छ । यता महामारीको असरको दैनिक नयाँ नयाँ रेकर्डसहितको चिन्ताजनक समाचार आइरहँदा सगरमाथामा विश्व रेकर्डधारी आरोही कामी रिता शेर्पाले आफ्नै रेकर्ड थप बलियो बनाउँदै अन्य ११ आरोहीका सथा २५ औं पटक विश्वको शिर सगरमाथा गत शुक्रवार साँझ ६ बजे विजय गरेको रोमाञ्चक समाचार सुन्न पाएका छौं । उनको नेतृत्वमा रहेको नेपाली आरोहीहरूले बाटो खोलेसँगै अब केही हप्ता सगरमाथा आरोहणको खबरले नयाँ र उत्साहप्रद सन्देशहरू दिने छ । विषम समयमा समेत यसरी उत्साह भर्न सक्ने र गुणात्मक रूपमा बढी आर्थिक प्रतिफल दिन सक्ने देशको पर्यटनअन्तर्गत पर्वतारोहण क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउन सम्बद्ध निकायले निरन्तर ध्यान दिनु पनि जरुरी रहेको छ । लेखक थ्री ज्यूयल्स एडभेन्चर्सका प्रबन्धक हुन् ।

आन्दोलित स्थानीय र चिनी उद्योगबीच सहमति

उद्योगले प्रदूषण नियन्त्रण गर्नुपर्ने माग राखेर आन्दोलित स्थानीय बासिन्दा र इन्दुशंकर चिनी उद्योगबीच सहमति भएको छ।

बढ्दो प्रदुषण नियन्त्रण गर्न महानगरको यस्तो योजना

काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने प्रदूषण नियन्त्रण गर्न उपत्यकाभित्र छिर्ने नाकामा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी भेईकल क्लिनिङ सेन्टर निर्माण गर्ने जनाएको छ ।चालू आर्थिक वर्ष ...

चीनमा हिउँदे वायु प्रदूषण नियन्त्रण अभियान सुरु :: Pahilopost.com

बेईजिङः चीनको बेइजिङ, तिङजिन र हेवेईमा हिउँदको समयमा वायु प्रदूषणलाई नियन्त्रण गर्न विशेष अभियान चलाइने भएको छ। तियाङजिनको सहरी क्षेत्रमा धेरै प्रदूषण गराउने उद्योगहरूबाट उत्पादन बन्द गराइने भएको छ। स्टील र धातुजन्य पदार्थ बनाउने र कोइला बनाउने उद्योगहरूलाई वायु प्रदूषण नियन्त्रणका लागि बन्द गराउनु परेको स्थानीय सरकारी अधिकारीहरूले बताएका