एकल पुरुष र तेस्रो लिङ्गीलाई सामाजिक सुरक्षा भत्ता दिन माग

पोखरा । सरकारले विभिन्न ७ शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ । ज्येष्ठ नागरिक, दलित, एकल महिला, विधवा, अपाङ्ग, लोपोन्मुख आदिवासी जनजाती र बालबालिकालाई सरकारले विभिन्न दरमा मासिक सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गर्छ । तर, एकल पुरुष र तेस्रोलिङ्गीले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् । यद्यपि विभिन्न स्थानीय तहले कार्यविधि बनाएर एकल...

सम्बन्धित सामग्री

६० वर्षमाथिका एकल पुरुष र मध्यम अपांगता भएकालाई सामाजिक सुरक्षा भत्ता

लमजुङको बेँसीसहर नगरपालिकाले नगरपालिकाभित्रका मध्यम अपांगता भएका र एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने

एकल पुरुष र मध्यम अपागंता भएकालाई भत्ता दिइने

लमजुङ– लमजुङको बेँसीसहर नगरपालिकाले नगरपालिका भित्रका मध्यम अपागंता र एकल पुरुषहरूलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७९-०८० को माघबाट लागू हुने गरी मध्यम अपागंता भई पहेलो कार्ड लिएका र ६० वर्षमाथिका एकल पुरुषलाई कार्यविधि बनाएर भत्ता वितरण गर्न लागेको हो । एकल महिला, ६८ वर्षमाथिका ज्येष्ठ नागरिक र ‘क’ र ‘ख’ […]

एकल असहाय पुरुषलाई भत्ता

काठमाडौँ,७ पुष । ईन्द्रावती गाउँपालिकाले ६० वर्षभन्दा माथिका एकल असाहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाभर रहेका असाहाय अपाङ्गता एकल पुरुषका लािग मासिक रु पाँच सयका दरले भत्ता वितरण सुरु गरेको हो । उमेरले ६० वर्ष नाघेका असाहाय एकल पुरुष हो भनि वडा कार्यलयबाट सिफारिस पालिकाका ६१ लाभग्राहीका लागि गाउँपालिकाले बैँक खातामा […]

सिन्धुपाल्चोकमा एकल पुरुषलाई मासिक ५०० रुपैयाँ

सिन्धुपाल्चोक : हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ। इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक ५०० रुपैयाँ भत्ता दिएको हो। आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ । हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था नाजुक द

नारायण नगरले एकल पुरुषलाई भत्ता दिने

दैलेख : दैलेखको नारायण नगरपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ। शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख लोमन शर्माले एकल पुरुष र महिलालाई आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिइने बताए।आगामी आर्थीक वर्षदेखि एकल महिला पुरुषलाई मासिक भत्ता दिने कार्यक्रम लागु हुने छ। सङ्घीय सरकारले निश्चित उमेर तोकेर सामाजिक सुरक्षा भत्ता दिने गरेको र एकल पुरुष र महिलालाई पनि नारायण नगरले आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिने नगर प्रमुख शर्माले बताए। आगामी आर्थिक वर्षका लागि नीति तथा कार

मर्स्याङ्दीमा एकल पुरुषले मासिक ५०० भत्ता पाउने

मर्स्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने भएका छन् । पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन् ।  गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, ‘पालिकामा स्थायी रुपमा बसोवास गर्ने एकल पुरुषलाई पालिकाको मंगलबार बसेको ९६ औँ बैठकले गत फागुन महिनादेखि नै लागू हुने गरी सम्मान स्वरुप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।’ एकल पुरुष भए पनि पेन्सन भएकालाई भने यो सेवा उपलब्

बझाङका चार स्थानीय तहले दिए एकल पुरुष भत्ता

बझाङका चार स्थानीय तहले एकल पुरुषलाई पनि भत्ता दिने भएका छन् । स्थानीय तहले कार्यविधि बनाएर श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन बिताइरहेका ५० वर्षभन्दा माथिका एकल पुरुषलाई मासिक रु ५०० देखि रु दुई हजारसम्म सामाजिक सुरक्षा भत्ता दिँदै आएका छन् । एकल पुरुष भत्ता दिनेमा दुर्गाथली, थलारा, वित्थडचिर गाँउपालिका र जयपृथ्वी नगरपालिका रहेका छन । …

पर्वतमा विदुर र एकल पुरुषले पनि भत्ता पाउने

असार २२, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ४० वर्ष उमेर पूरा गरेका विदुर तथा एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा उक्त विषय समेटेको हो ।  महाशिला गाउँपालिका विगत वर्षमा सुत्केरी स्याहार कार्यक्रम, किसानलाई प्रतिफलमा आधारित अनुदान, गाउँ फर्क प्याराप्यारी, एक घर एक टनेल, एक घर एक रोजगारी लगायतका कार्यक्रमबाट लोकप्रिय छ । यसवर्ष विदुर तथा एकल पुरुषलाई भत्ता दिने कार्यक्रम ल्याएपछि जिल्लाभर चर्चित बनेको छ ।  यस्तै अपांगताको ‘ग’ र ‘घ’ वर्गमा सूचीकृत भएकाहरूलाई पनि सामाजिक सुरक्षा भत्ता दिइने भएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले बताए । कतिपय विदुर तथा एकल पुरुषहरुलाई जीवन गुजारा चलाउन समस्या भएकाले भत्ताको व्यवस्था गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।  त्यस्ता पुरुषलाई नेपाल सरकारले भत्ता नदिँदा दैनिकी गुजार्न अप्ठ्यारो परेको तथा ‘ग’ तथा ‘घ’ वर्गका अपांगता भएकाहरूलाई पनि सम्बोधन नभएका कारण छैटौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा भत्ता दिने व्यवस्था गरिएको उचैले बताए । ‘एकल महिलाले भत्ता पाउँछन्, तर एकल पुरुषले भत्ता नपाउँदा उनीहरूको दैनिकीमा समस्या परेको हामीले देखेका छौँ । उनीहरूको विषयमा पनि महाशिला चिन्तित छ’ उनले भने, ‘छैटौं गाउँ सभाबाट यसलाई पारित गरिएको छ । अब कार्यान्वयनमा जान्छौं ।’  यो कार्यक्रमले समस्यामा रहेका, सामाजिक सुरक्षा भत्ता पाउन आवश्यक भएकाहरूलाई सम्बोधन गरेको उनले बताए । गाउँपालिकाका प्रमुख राजुप्रसाद पौडेलले यसको कार्यान्वयनको लागि अब कार्यविधि निर्माण गरिने र विदुर तथा एकल पुरुषलाई महिनाको एक हजार रुपैयाँका दरले भत्ता दिने तयारी गरिएको बताए । ‘सामाजिक रूपमा समस्यामा परेकाहरूलाई सामाजिक भत्ता दिन सकियो भने उनीहरूलाई ठूलो राहत हुन्छ ।  सबै नागरिकले सामाजिक सुरक्षाको अनुभूति गर्नसके भने स्थानीय सरकारले गरेको असल काम हुन्छ त्यो’ उनले भने, ‘महाशिलाले यस्ता थुप्रै खालका कार्यक्रमहरू विगतमा पनि ल्यायो जसले आम नागरिकलाई स्थानीय सरकार भएको अनुभूति भयो ।’ अन्य सामाजिक भत्ता लिइरहेका व्यक्तिलाई भने यो भत्ता नदिने उनले बताए । महाशिलामा एकल पुरुष र अन्य सामाजिक सुरक्षा भत्ता नपाउने विदुरको संख्या करीब ४० जनाको हाराहारीमा रहेको प्रवक्ता उचैले बताए । गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपांगतामा सूचीकृत भएकाहरूलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । पूर्ण अपांगता भएका ‘क’ र आंशिक अपांगता भएका ‘ख’ वर्गले संघीय सरकारबाट नै अपांगता भत्ता पाउँदै आएका छन् । गाउँपालिकामा ‘ग’ र ‘घ’ वर्गको अपांगता भएकाहरूको संख्या करीब १०० रहेको छ ।

एकल पुरुष र अभिभावकविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

डोटी जिल्लाको सायल गाउँपालिकाले एकल पुरुष र अभिभावकविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेको छ । डोटीका नौवटा स्थानीय तहहरूमध्ये सायल गाउँपालिकाले पहिलो पटक एकल पुरुष र अभिभावकविहीन बालबालिकालाई भत्ता वितरणको काम सुरु गरेको हो । गाउँपालिकाले दलित समुदायका ५० देखि ६० वर्ष उमेर समूहका एकल पुरुष र गैरदलित समुदायका ६० देखि ७० वर्ष उमेर समूहका एकल पुरुषहरूलाई मासिक रुपमा पाँच सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेको सायल गाउँपालिका डोटीले जनाएको छ । त्यसैगरी आमा बुवा नभएका सहाराविहीन बालबालिकाहरूलाई पनि मासिक एक हजारका दरले भत्ता दिन थालेको गाउँपालिकाले जनाएको छ ।

बालबालिकालाई भत्ता

सायल गाउँपालिकाले एकल पुरुष र अभिभावकविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ ।