काठमाण्डाै – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताउनुभएको छ ।
आज शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भीर प्रश्नहरू रहेको भन्दै राष्ट्रिय सहमति हुनु अत्यावश्यक रहेको बताउनुभयो । ऐन बनाउँदा कुनै कमजोरी हुन नहुने पनि उहाँले बताउनुभयो । नागरिकतासम्बन्धी विधेयकमा प्रतिपक्ष दलको असहमति रहेको भन्दै विवादको बीचमा पारित हुने खतर...