काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले चार पूर्व प्रधानन्यायाधीशहरुले गम्भीर राष्ट्रिय मुद्दामा मुख खोल्नु ऐतिहासिक महत्वको परिघटना भएको बताएका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुरा बताएका हुन् ।भट्टराईले जब देशको मूल कानून भनिने संविधानमाथि बन्चरो चल्छ त्यसबेला कुनै सचेत नागरिक चुप लागेर बस्न नसक्ने बताउँदै आ–आफ्नो ठाउँबाट ओली प्रतिगमनको प्रतिरोध गर्न आग्रह गरेका छन् । उनले भनेका छन्ः ‘जब देशको मूल कानू