दोस्रो लहरमा कोरोना संक्रमणको हटस्पट बनेको प्रदेशको राजधानी विराटनगर लगायतका प्रदेश १ का जिल्लामा पछिल्लो एक सातायता संक्रमण दर कम हुँदै गएको छ । वैशाख १६ गते देखि बिराटनगर सहित प्रदेशका सबै जिल्लामा लगाइएको निषेधाज्ञाका कारण प्रदेशका १२ जिल्लामा चेनब्रेक हुँदै गएकाले संक्रमण दर घट्दै गएको प्रदेश १ समाजिक विकास मन्त्रालयको जनाएको छ ।दोस्रो लहर सुरु भएलगत्तै प्रदेशको राजधानीसमेत रहेको विराटनगरमा वैशाख दोस्रो र तेस्रो सातातिर संक्रमण दर बढेर ५२ प्रतिशतभन्दा बढी पुगेको थियो । तर गएको एक साता यता भन