काठमाडौं : सरकारले ‘कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था बनेको अध्यादेश २०७८’ लागू गरेकाे एक सातामा निषेधाज्ञा उल्लंघन गर्ने तीन हजार बढी व्यक्ति कारबाहीमा परेका छन्।प्रहरी प्रधान कार्यालयकाअनुसार देशभर गत १४ गतेदेखि हालसम्म जारी निषेधाज्ञा उल्लंघन गर्ने तीन हजार दुई सय १४ जना व्यक्तिलाई कारबाही गरी जरिवाना गराइएको हाे।कारबाहीमा पर्नेमा निषेधाज्ञालाई मिचेर पसल खोल्ने, जथाभावी हिँड्डुल गर्ने लगायतका छन्। जरिवानाबाट चार लाख ३८ हजार राजश्व उठेको छ। यही अवधिमा २४ हजार ६