गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको एक महिना बितिसक्दा समेत मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सत्ता साझेदार दलबीच मन्त्रालयमा भागवण्डा नमिल्दा लामो समयसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो ।प्रदेशमा सत्ता साझेदार दलहरूभित्र व्यक्तिपिच्छेका गुट–उपगुटका कारण भागवण्डा मिलाउन नसकेपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल एक साताअघि काठमाडौं पुगेर काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गण्डकीको गाँठो फुकाइदिन आग्रह गरेका थिए ।तर, केन्द्रमै सरकार गठन, मन्त्रिपर