सिरहाको औरहीमा मतगणना स्थगित

सिरहाको औरही गाउँपालिकाको मतगणना स्थगित भएको छ । गाउँपालिकाको वडा नम्बर १ को हरकट्टी मतदान केन्द्रको मतपेटिकाको सुरक्षण सील भाँचेको फेला परेकाले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टी राखेपछि मतगणना स्थगित गरिएको हो ।  विवाद पछि सर्वदलीय बैठक बसेको छ । बैठकले सुरक्षण सील तोडिएको मतपेटिका बारे छानबिन गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने   दलहरूको बीचमा सहमति भएको निर्वाचन अधिकृत पिताम्बर गौतमले जानकारी दिए ।    निर्वाचन आयोगको निर्देशन अनुसार पुनः दलहरुबीचमा छलफल गर

सम्बन्धित सामग्री

कांग्रेस र माओवादीको विरोधपछि सिरहामा मतगणना स्थगित

सिरहा, ५ जेठ । सिरहाको औरही गाउँपालिकाको मतगणना अबरुद्ध भएको छ । गाउँपालिकाको ५ नम्बर वडाको मतपेटिका सुरक्षण सील भाचिँएको फेला परेपछि विवाद सुरु भएको हो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएपछि गणना रोकिएको हो । विवाद मिलाउन सर्वदलिय बैठक बसेको छ । औरहीम ३ वटा वडाको मत गणना भइसकेको छ भने […]

सिरहाको लहान नगरपालिकामा मतगणना स्थगित

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

लहान नगरपालिकाको मतगणना स्थगित - Naya Patrika

सिरहाको लहान नगरपालिकाको मत गणना स्थगित भएको छ । नगरपालिकाको मत गणनामा विवाद भएपछि मत गणना स्थगित भएको हो ।

लहान–३ मा कांग्रेसले ८ मतले वडाध्यक्ष जितेपछि मतगणना स्थगित

सिरहाको लहान नगरपालिकाको मतगणना मंगलबार अपरान्हदेखि स्थगित भएको छ। लहान वडा नम्बर ३ मा कांग्रेस उम्मेदवार ८ मतले वडाअध्यक्षमा निर्वाचित भएपछि संघीय समाजवादी फोरमले पुनः मतगणना गर्नु पर्ने माग गरेपछि मतगणना स्थगित भएको हो। सो वडामा चारै वडा सदस्य फोरमले जितेको छ। लहानको मेयरमा पनि फोरमले अग्रता लिइरहेको छ।