लहान–३ मा कांग्रेसले ८ मतले वडाध्यक्ष जितेपछि मतगणना स्थगित

सिरहाको लहान नगरपालिकाको मतगणना मंगलबार अपरान्हदेखि स्थगित भएको छ। लहान वडा नम्बर ३ मा कांग्रेस उम्मेदवार ८ मतले वडाअध्यक्षमा निर्वाचित भएपछि संघीय समाजवादी फोरमले पुनः मतगणना गर्नु पर्ने माग गरेपछि मतगणना स्थगित भएको हो। सो वडामा चारै वडा सदस्य फोरमले जितेको छ। लहानको मेयरमा पनि फोरमले अग्रता लिइरहेको छ।