बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई गरिएको नियुक्ति तत्काल खारेज गर्न लुम्बिनी बचाउ महाअभियानले सरकारसँग माग गरेको छ। अभियानले आइतबार पत्रकार सम्मेलन गर्दै नियुक्तिप्रति असहमति जनाउँदै वित्तीय पारदर्शिता, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र नागरिकताको वैधानिकताबारे उठेका प्रश्नको निरूपण हुनुपर्ने बताएको छ। पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा विवादित विषयहरू स्पष्ट नभइसकेको अवस्थामा अन्तर्राष्ट्रिय […]
जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताइन् । किसानहरूको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसानहरू दसैँ मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाका […]
दिगो पर्यटनका लागि एआईको प्रयोगमा स्मार्ट बनौँ । प्रविधिलाई आत्मसात् गरौँ, तर मानवीयता, मौलिकता र आतिथ्यतालाई कहिल्यै नबिर्सौँ । यही सन्तुलनले नेपाललाई विश्व पर्यटनको बदलिँदो परिवेशमा अझ प्रतिस्पर्धी, सिर्जनशील र दिगो बनाउनेछ ।
काठमाडाैँ –बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस गए राति करिब २ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा परी इलाम नगरपालिका–६ बस्ने ३७ वर्षीय चालक […]
म्याग्दी । सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो । मङ्गला गाउँपालिका–३ का […]