दसैँको अवधिमा दुर्घटनाबाट देशभर १६१ को मृत्यु

दसैँको अवधिमा सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दसैँको घटस्थापनपछि कात्तिक १ गतेसम्म दुर्घटनाका कारण १६१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार फूलपातीको दिन मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भयो । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिले संचालन गरेको भे.१ख ३१६७ नम्बरको बस जुम्ला–मुगु सडक खण्डको पिनातपने खोलामा पल्टेको थियो । यसैगरी दसैँको अवधिमै कास्कीमा जीप दुर्घटना हुँदा ८ ज

सम्बन्धित सामग्री

कारागारभित्र एकजना कैदीबन्दीको मृत्यु

सुनसरीको झुम्का कारागारभित्र एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय न्यायधीश राई रहेको प्रहरीले जनाएको छ।...

बझाङमा गर्भवतीको मृत्यु

काठमाडाैँ- बझाङमा एक गर्भवतीको मृत्यु भएको छ। बझाङको केदारस्युँ गाउँपालिका–६ की ४७ वर्षकी गोपडी धामीको सुत्केरी हुने क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर ब्यापक शाहले जानकारी दिए। तर, अस्पताल पुग्नुअघि नै पेटभित्रै बच्चाको मृत्यु भइसकेको शाहले बताए। उनलाई एक दिनअगाडिबाट सुत्केरी ब्यथा लागेको र श्रीमान्‌ले अस्पताल लैजान खाेज्दा जान नमानेको केदारस्युँ गाउँपालिकाका […]

डेङ्गु संक्रमितको मृत्यु

डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन्।

मधुवनमा दुई जनाको मृत्यु

मधुवननगरपालिकामा रहस्यमय दुई जनाको मृत्यु भएको छ।अखाद्य झोल पदार्थ खाएर दुई जनाको मृत्यु भएको हो।...

दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो।...

मृत्यु बोकेको मान्छे

हे मृत्यु, तँ किन डराएको मसँग हे मृत्यु, तँ किन डराएको मसँग म त मृत्यु बोकेर बाँचेको मान्छे मलाई त्रास न दे मृत्युको म त मृत्यु बोकेर बाँचेको मान्छे   तँ धुँवा बनेर कोठामा छिरिस् आगो बनेर प्यासेजमा फैलिइस् म निर्धक्क गफिएर बसें परिवारसँग मलाई मृत्युको भय थिएन किनभने, म त मृत्यु बोकेर बाँचेको मान्छे […]

वडाध्यक्षको मृत्यु

जाजरकाेट – कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए। उनले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट चुनाव जितेका थिए। घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उनले बताए।

इलाम जिल्लाकै ज्येष्ठ नागरिकको मृत्यु

इलाम । इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको मृत्यु भएको हो । उनको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा मृत्यु भएको हो । उनको आज बिहान ७ः ३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ […]

कोरोना संक्रमणबाट हुने मृत्यु बढ्दै, २४ घण्टामा ४३ को मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै जान थालेको छ। निषेधाज्ञा खुकुलो बनाइएयता संक्रमितको संख्या केही भएको देखिए पनि मृत्यु हुनेको संख्या बढ्दै गएको हो। शुक्रबार देशभर ४३ कोरोना संक्रमितको मृत्यु भएको छ। यसअघि असार ३१ गते ३३ जनाको मृत्यु भएको थियो भने २८ गते १८ जनाको मृत्यु भएको थियो। हालसम्म देशभर ९५०६ जनाको […]

चितवनमा पाँच सङ्क्रमितको मृत्यु

जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । यही वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ः०० बजे मृत्यु भएको हो ।चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका