एकाएक सुनसान बन्यो बालुवाटार, नजर बालकोटतर्फ

सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमै सुनसान बनेको छ ।

सम्बन्धित सामग्री

ऋण मिनाहाको आसमा आएकाहरूको ज्ञानेन्द्रप्रति नजर

आफ्ना समर्थकबीच गाडीमा चढेर दुर्गा प्रसाईंले छोटो भाषण गरे । तर उनको भाषणलगत्तै बल्खुको स्थिति तनावग्रस्त बन्यो ।

चिनियाँ प्रविधि कम्पनीमाथि नियामकले 'कर्के नजर' राख्न छोड्लान् ?

पेचिङ । केही वर्षयता चीन सरकारले त्यहाँको ठूला प्रविधि कम्पनीहरूमाथि कडाइ तीव्र पार्यो । विदेशी कम्पनीहरूमाथि कठोर व्यवहार गर्ने चीनले घरेलु कम्पनीहरूलाई लामो समय फक्रिने अनि फुल्ने अवसर/समय दियो । चिनियाँ कम्पनीहरू सीमापारका बजारमा समेत फक्रिरहे । तर, केही वर्षअघि सरकारले निजी क्षेत्रप्रति अचानक रवैया फेर्यो । नियामक कडाइको घेरामा प्रविधि क्षेत्रका ठूला कम्पनीहरू निशाना हुन थाले । व्यापार समुदाय त्रस्त बन्यो । कम्पनीहरूलाई खर्बौं युआन जरिवाना तिराइयो । सीमापार बजारमा आईपीओमा नै रोक लगाइयो । व्यापारीहरू विदेश नै पलायन भए । पछिल्लो समय घरेलु इन्टरनेट कम्पनी अलिबाबा इंकका संस्थापक ज्याक मा महिनौं लामो वनवास सकेर स्वदेश फिर्ता भएको अनि कम्पनी ६ ओटा छुट्टाछुट्टै कम्पनीमा विभाजित गर्ने खबरसँगै निजी क्षेत्रमा चीनको कारवाही र कडाइ अन्त्य हुन लागेको हो भन्ने आशा पलाएको छ । यही खबरबीच बुधवार अलिबाबाको शेयर मूल्य १५ प्रतिशतभन्दा धेरैले बढ्यो । मंगलवार मात्रै अलिबाबाले आफूलाई ६ टुक्रामा विभाजित गर्ने घोषणा गरेको थियो । सबै कम्पनीका लागि पैसाको जोहो गर्न आईपीओ जारी गर्ने र छुट्टाछुट्टै सीईओ राख्ने अधिकार थियो । यो कम्पनीको २४ वर्षे इतिहासको सबैभन्दा ठूलो पुनःसंरचना थियो । चीनको निजी क्षेत्रमा नियामक कडाइलाई कालो बादलको रूपमा हेरिरहेका लगानीकर्ताका लागि यो कदम नियामक कडाइको समापनको संकेत बनेको देखियो । कम्पनीलाई नै टुक्राएपछि अब कम्पनीमाथि नियामकका कर्के नजर नपर्ने एकाथरि लगानीकर्ताको आशा छ । कम्पनी विभाजनको योजनाबारे छलफल गर्न अलिबाबाले बिहीवार पत्रकार सम्मेलन गर्दैछ । गएको केही वर्षयता चीनले घरेलु कम्पनीहरू विशेषगरी इन्टरनेट, निजी शिक्षा र घरजग्गा बजारमा व्यापक नियामक कडाइ गरेको थियो । यसका कारण कम्पनीहरूले अर्बौं डलर बजार पूँजीकरण गुमाए भने लगानीकर्ताको मनोबलसमेत खस्कियो । नियामक दबाबका कारण कम्पनीले लामो समयदेखि नै व्यावसायिक एकाईहरूलाई छुट्याउने योजना बनाइरहेको यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै सञ्चारमाध्यमहरूमा समाचार छापिएका छन् । अलिबाबा बाहिर र भित्रसमेत कम्पनीको व्यवसायको अन्तर्निहित मूल्यको तुलनामा शेयर छूटमा विक्री रहेको भन्नेमा सहमति देखिन्थ्यो । अब कम्पनीका आईपीओ हङकङ बजारमा जारी हुन सक्ने अनुमान केही स्रोतको छ । यसबारे कम्पनीले मुख खोलेको छैन । अलिबाबा आफै पनि होल्डिङ कम्पनीमा परिणत हुनेछ । समूहको सीईओको रूपमा ड्यानियल चाङले अलिबाबाको नेतृत्वका आफ्नो हातमा लिनेछन् । अलिबाबाको पुनःसंरचनालाई चीनबाहिर समेत महत्त्वपूर्ण प्रयोगका रूपमा हेरिएको छ । चीनका ठूला कम्पनीहरूले समाजलाई योगदान दे भन्ने सरकारको माग पूरा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा यसले परीक्षण गर्नेछ । चीनले प्रविधि कम्पनीहरूमा कडाइ गर्दा अलिबाबा केन्द्रमा थियो । ई–कमर्शमा मनपरी गरेको अनि क्लाउड व्यवसायमा डेटाको सुरक्षामा लापरपाही अनि डेलिभरी एकाईमा श्रम अभ्यास आदिका नाममा अलिबाबामाथि नियामक कडाइ निकै कसिलो पारिएको थियो । नियामक कडाइ सहन नसकेर अलिबाबाका संस्थापक ज्याक माले देशै छाडेर विदेश पलायन भए । सन् २०२१ को अन्त्यतिर विदेश लागेका उनी कहिले जापान त कहिले कहाँ देखिएका थिए । अलिबाबाले कम्पनीको पुनःसंरचनाको घोषणा गर्नु एक दिनअघि अर्थात् सोमवार उनी हाङचाउमा देखिए । माको स्वदेश फिर्ती अनि कम्पनीको पुनःसंरचना, छुट्टाछुट्टै सीईओहरू अनि स्थानीय सरकारहरूले चीनको निजी क्षेत्रमाथिको आफ्नो रवैया केही नरम बनाउनुले लगानीकर्ताहरूमा मनोबल भरेको छ । बुधवार अलिबाबाको प्रतिस्पर्धी कम्पनी जेडी डटकमको शेयर मूल्यसमेत ७ दशमलव ८ प्रतिशतले बढेको थियो । चीनको सबैभन्दा ठूलो गेमिङ कम्पनी टेन्सेन्ट होल्डिङको शेयर ५ दशमलव १ प्रतिशतले बढ्यो । अलिबाबाको विभाजनले अन्य प्रविधि कम्पनीहरूलाई समेत भविष्यमा यस्तै खालको पुनःसंरचनामार्फत गुज्रिएर नियामक क्रोधलाई शान्त पार्ने बाटो खोलिदिन सक्ने अनुमान पनि बढेको छ । यस्तो भयो भने नयाँ आउने नियमनको चपेटामा पूरै कम्पनी आउने छैन । समस्याग्रस्त एउटा एकाई वा कम्पनी मात्रै नियामक छानबिनको घेरामा आउनेछ । –एजेन्सीहरूको सहयोगमा

ओस्कर विजेता मिसेलको दुनियाँ हेर्ने नजर बदल्दिएको नेपालको त्यो भूकम्प

पहिलो पटक ओस्कर जित्ने एसियाली महिलाको इतिहास रचेपछि चौतर्फी चर्चाको केन्द्रमा छिन् अभिनेत्री मिसेल योह । ओस्करसँगै पहिलो पटक जितेको गोल्डेन ग्लोब, स्क्रिन एक्टर्स गिल्ड अवार्ड ६० वर्षीया अभिनेत्री योहका लागि आफैंमा ऐतिहासिक क्षण बन्यो ।

एकाएक सुनसान बन्यो बालुवाटार, नजर बालकोटतर्फ

सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमै सुनसान बनेको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा फेरि माओवादीको नजर

सशस्त्र जनयुद्धबाट संसदीय राजनीतिमा प्रवेश गरेको नेकपा माओवादी २०६४ को संविधानसभा निर्वाचनमा सबैभन्दा ठुलो दल बन्यो । दोस्रो संविधानसभा, २०७४ को प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन हुँदै हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा माओवादीको अस्तित्व नै सङ्कटपूर्ण अवस्थामा पुगेको छ ।हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र निल भएको छ । २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट माओवादीका गौरीशंकर चौधरी र क्षेत्र नं. ४ बाट लेखराज भट्ट प्

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

न्यायालयमा राजनीति कि राजनीतिमा न्यायालय !

यतिखेर रामशाह पथ केन्द्रमा छ। नजर सबैको त्यतै। राम शाहको गोरखा प्रख्यात थियो - न्याय नपाए गोरखा जानु उखानै बन्यो। सर्वोच्च अदालत अगाडिको सडक त्यसै राम शाह पथ बनेको होइन। तर, यतिखेर राजनीतिले यसरी गिजोलिसक्यो कि - न्यायालयले जसो गरे पनि सुख नपाउने निश्चित छ। गजबको परिदृश्य छ यतिखेर - न्यायालयमा…

चुनावी प्रचारको मुख्य एजेन्डा मात्र बन्यो ताक्लाकोट नाका

बझाङ-छिमेकी राष्ट्र चीनको तिब्बतसँग व्यापारिक सम्बन्ध रहेको सुदूरपश्चिम प्रदेशको ताक्लाकोट नाकामा राज्यको नजर अझैसम्म पर्ने सकेको छैन । नाका सञ्चालनमा ल्याउन सके सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत सुदूर नेपालको आर्थिक स्तर माथि उठ्न सक्ने भए पनि राज्यको नजर नपुगेको हो । बझाङ सदरमुकाम चैपुरबाट झन्डै १ सय ४ किलोमिटरको दूरीमा रहेको ताक्लाकोट नाका सञ्चालन गर्नुपर्छ भनेर २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घोष गरेसँगै यो चर्चाको विषय बनेको हो । त्यसपछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि सुदूरपश्चिमका व...

रीमाको अगाडि साउन बन्यो रञ्जनको नजर

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank