४८५ ओटा स्थानीय तहको परिणाम सार्वजनिक : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै

जेठ ४, काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउनेक्रम जारी छ । बुधवार साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्टि भएअनुसार ४८५ ओटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुलुकभर ७५३ ओटा पालिकाका लागि ३५ हजार २२१ पद छन् । गत वैशाख ३० गते भएको निर्वाचनमा स्थगन भएका १७ ओटा जिल्लाका २८ स्थानीय तहका ४४ मतदानस्थल बाहेकका मत परिणाम प्राप्त भइरहेको छ । मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ६८ मा जीत हासिल गरी ७४ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ३८ स्थानमा जीत हासिल गरी ३९ स्थानमा अग्रता कायम गरेको छ ।            यस्तै नेकपा (माओवादी केन्द्र) ले प्रमुख पदमा १४ ओटा स्थानमा जीत र नौ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सो पदमा तीन स्थानमा जीत र आठ स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले सात स्थानमा विजय हासिल गरी २६ स्थानमा अग्रता कायम गरेका छन् ।            मतगणना भइरहेका नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले ५७ स्थानमा जीत हासिल गरी ४० स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ४५ स्थानमा जीत हासिल गरी ६० स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपप्रमुख पदमा २१ स्थानमा जीत र ११ स्थानमा अग्रता कायम गरेको छ भने एकीकृत समाजवादीले सो पदमा पाँच स्थानमा जीत र चारमा अग्रता कायम गरेको छ । अन्यले तीन स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।            मतगणना भइरहेका गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले १५० स्थानमा जीत हासिल गरी २९ मा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९९ स्थानमा जीत हासिल गरी २५ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले अध्यक्ष पदमा ८१ स्थानमा जीत र १० स्थानमा अग्रता कायम गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जीत र १० स्थानमा अग्रता कायम गरेको छ । अन्यले १५ स्थानमा विजय हासिल गरी १२ मा अग्रता कायम गरेका छन् ।            मतगणना भइरहेका गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसले १४५ स्थानमा जीत हासिल गरी ३४ मा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९७ स्थानमा जीत हासिल गरी २७ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपाध्यक्षमा ८१ स्थानमा जीत र सात स्थानमा अग्रता कायम गरेको छ । एकीकृत समाजवादीले १० स्थानमा जीत र सात स्थानमा अग्रता कायम गरेको छ । अन्यले १३ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन् ।            मतगणना भइरहेका स्थानीय तहका वडाध्यक्षमा कांग्रेसले २ हजार ८० मा जीत हासिल गरी ६१ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १ हजार ६०९ मा जीत हासिल गरी ७९ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडाध्यक्षमा ८७९ ओटा स्थानमा जीत र १५ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १६९ स्थानमा जीत र १२ मा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ४३७ स्थानमा विजय हासिल गरी १२ स्थानमा अग्रता कायम गरेका छन् ।            महिला सदस्यमा कांग्रेसले २ हजार ४६ मा जीत हासिल गरी ५९ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १ हजार ७४५ स्थानमा जीत हासिल गरी ८३ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले महिला सदस्यमा ८१८ स्थानमा जीत र १५ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १७० स्थानमा जीत र १२ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३९२ स्थानमा विजय हासिल गरी नौ स्थानमा अग्रता कायम गरेका छन् ।            दलित महिला सदस्यमा कांग्रेसले १ हजार ९८२ मा जीत हासिल गरी ६३ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १ हजार ७२७ स्थानमा जीत हासिल गरी ७९ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले दलित महिला सदस्यमा ८२५ स्थानमा जीत र १४ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १६९ स्थानमा जित र १४ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३७९ स्थानमा विजय हासिल गरी सात स्थानमा अग्रता कायम गरेका छन् ।            यस्तै वडा सदस्यमा कांग्रेसले ४ हजार १११ मा जीत हासिल गरी ६६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ३ हजार ५४५ स्थानमा जीत हासिल गरी ८६ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडा सदस्यमा १ हजार ५१८ स्थानमा जीत र १५ मा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ३३९ स्थानमा जित र १३ स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ८०४ स्थानमा विजय हासिल गरी पाँच स्थानमा अग्रता कायम गरेका छन् । विसं २०७४ मा पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनका आधारमा यही जेठ ५ गते स्थानीय सरकारका जनप्रतिनिधिको कार्यकाल सकिंदैछ । रासस

सम्बन्धित सामग्री

धादिङको थाक्रे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र

काठमाडौँ,६ जेठ । धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा एमाले उम्मेदवार रामकुमार आचार्य दुई हजार २३९ मतको अन्तरमा विजयी भएको हो । आचार्यले १० हजार ३५५ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद विडारीले आठ हजार ११६ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा पाँच दलीय […]

एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश पुनरावलोकन नगर्ने सर्वोच्चको फैसला

१९ चैत, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन सुनुवाइका लागि अनुमति नदिएको हो । यसअघि गत फागुन २३ गते ऋषिराम कट्टेलले दिएको रिटमा […]

एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र संसद सचिवालयमा

काठमाण्डाै – निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र संसद सचिवालय पठाएको छ । पत्र संसद सचिवालयलाई प्राप्त भएसँगै प्रतिनिधिसभामा आजदेखि एमाले र माओवादी केन्द्रको नाममा सांसदले प्रतिनिधित्व गर्नेछन् । तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै लहरमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो  । निर्वाचन आयोगको पत्र बमोजिम अब एमाले र माओवादी केन्द्रका सांसदको बस्ने सिट व्यवस्थापन मिलाइने ...

एमाले र माओवादी केन्द्र अलग भएको पत्र संसद सचिवालयमा

२६ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा आइपुगेको छ । यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए । […]

एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा जुटेका नेताहरुले बताएका छन् । पहिलेकै अवस्थामा नेकपा एमाले बनिसकेपछि अब कसरी अघि बढ्ने भन्नेबारे आन्तरिक, औपचारिक, अनौपचारिकलगायत विभिन्न चरणमा छलफल हुन लागेको परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । अध्यक्ष ओली र माधव नेपाल पक्षबीच लामो समयदेखिको सङ्घर्ष चल्दै आएकाले एमालेभित्रको विवाद तत्काल समाधान हुन सक्ने अवस्था द...

प्रचण्ड–माधव समूहको निष्कर्ष : एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने

प्रचण्ड–माधव समूहले अब एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निष्कर्ष निकालेको छ । पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निष्कर्षमा पुगेको वरिष्ठ नेता...

एमाले र माओवादी केन्द्र ब्यूँतिदा ४६ जनप्रतिनिधि पद के हुन्छ ?

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि त्यही दलबाट निर्वाचित भएका जननिर्वाचित प्रतिनिधिहरुको हैसियत के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बनेपछि २०७६ साल मंसिर १४ गते संघ, प्रदेश र स्थानीय तहका रिक्त पदहरुमा उपनिर्वाचन भएको थियो । […]

सर्वोच्च अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गरेको छ । र,  नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा […]

सर्वोच्चले ब्युँताइदियो तत्कालिन एमाले र माओवादी केन्द्र

काठमाडौं । तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मान्यता नपाएसँगै पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवादको निरुपण गरेको फैसलामा आइतबार साविक दुवै दल कायम गरिदिएको हो । नेकपा नाम भने ऋषिराम कट्टेलले पाउनुभएको छ । सर्वोच्चको फैसलाको बुँदा नं २६ मा ‘साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनीनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने’ उल्लेख छ। अदालतले भनेको छ, ‘अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्ने गराउनू भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ।’