बागलुङमा सय रोपनी धानबालीमा क्षति

बागलुङ । बागलुङ जिल्लाभर लगातार ४ दिनको वर्षात्ले १०० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । जिल्लाको करीब सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको र अन्य क्षेत्रमा हावाले ढालेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए । पहाडमा तराईमा जस्तो धान खेत डुबान नभए पनि पाक्न थालेको धानमा पानी र हावाले क्षति पु¥याएको हो । जिल्लाका सबै पालिकाबाट यकिन तथ्यांक भने आउन बाँकी रहेको भट्टराईले बताए । ‘जिल्लाका सबै पालिकाबाट हामीले क्षतिको विवरण संकलन गरिराखेका छौं,’ केन्द्र प्रमुख भट्टराईले भने, ‘पानी बन्द हुन थालेको छ, धेरै खेतमा धान ढालेको जानकारी आएको छ । तर धान उत्पादनमा यस वर्ष वृद्धि हुने लक्ष्य राखेको ज्ञान केन्द्रले बेमौसमी वर्षाका कारण धान खेती घट्ने अनुमान गरेको छ ।’ जिल्लामा १८ हजार ६०० मेट्रिक टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । घरमा धान भिœयाउन काटेर सुकाएका जिल्लाको निसीखोला गाउँपालिका–५ का नरसिंह घर्तीले साढे १० मुरी उत्पादन हुने खेतको धानमा क्षति पुगेको बताए । रातको समयमा पानी परेपछि धान जोगाउन नसकिएको उनको भनाइ छ । मार्सी जातका धान लगाएकाले अरू धानभन्दा छिटो पाकेको हुँदा दशैंलगत्तै काटेर भिœयाउने चटारोमा रहेका किसान बढी मर्कामा छन् । निसीखोला क्षेत्रमा अधिकांशले जडन प्रजातिका धान लगाउने भएकाले धेरै क्षति हुन पाएको छैन । मार्सी जातको धान लगाएका किसान भने बेमौसमी वर्षाको मारमा परेका छन् । रासस

सम्बन्धित सामग्री

बेमौसमी वर्षाले धानबालीमा क्षति

मनहरी– बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । मंगलबार राति आएको हावासहितको पानीले धानबालीमा क्षति पुर्‍याएको हो । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सिमलटार, धादिङफाँटसहित गाउँपालिकाको विभिन्न स्थानमा लगाइएका धानबालीमा क्षति पुगेको स्थानीय किसानले बताएका छन् । सिमलटारका किसान एटबहादुर बस्नेतका अनुसार धान भित्र्याउने समयमा हावासहितको पानीले खेतमै धान ढलेको बताए ।   […]

लगातारको झरीले धानबालीमा क्षति

लगातारको वर्षाका कारण पाक्ने बेलाको धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन्। हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ।...

झरीले धानबालीमा क्षति, सिन्धुपाल्चोकका किसान मर्कामा

अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका किसानको धानबालीमा क्षति पुगेको छ । दसैंको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण धानबालीमा क्षति पुगेको हो ।लगातारको वर्षाका कारण पाक्ने बेलाको धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ । किसानले दसैं लगत्तै धान काट्ने योजना बनाए पनि काट्न नपाउँदै ढलेपछि चिन्तित बनेका हुन् । धेरै धान फल्ने फाँटमा लगाएको धान वर्षाले ढलाइदिएको मेलम्च

अविरल वर्षाका कारण धानबालीमा क्षति

मेलम्ची– अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका किसानको धानबालीमा क्षति पुगेको छ । दसैँको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण घानबालीमा क्षति पुगेको हो । लगातारको वर्षाका कारण पाक्ने बेलाको धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ । […]

धानबालीमा क्षति पुगेका २७० किसानलाई क्षतिपूर्ति

रुपन्देही : वर्षाले धानबालीमा क्षति पुगेपछि तिलोत्तमा नगरपालिकाले किसानलाई क्षतिपूर्ति दिएको छ। वर्षाले धानबालीमा क्षति पुगेका दुई सय ७० किसानलाई क्षतिपूर्तिबापत आज राहत रकम वितरण गरिएको हो।गत वर्ष धान भित्र्याउने बेलामा आएको बेमौसमी वर्षाका कारण धान बालीमा क्षति पुगेका नगरभित्रका किसानलाई राहत रकमस्वरुप रु. आठ लाख ९६ हजार बराबरको रकम वितरण गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले जानकारी दिइन्।पीडित किसानले आफ्नो धान बालीको क्षतिका आधारमा दुईहजार देखि आठ हजारसम्म क्षतिपूर्ति रकम पाएका छन्।राह

बेमौसमी वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका किसानलाई सरकारले राहत दिने

बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले किसानलाई क्षति मूल्याङ्कन गरेर राहत दिने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका...

६ अर्ब मूल्य बराबरको धानबालीमा क्षति

बेमौसमी अविरल वर्षाका कारण किसानले घर भित्र्याउँदै गरेको ६ अर्ब रुपैयाँ बराबरको धानबालीमा क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार विभिन्न तीनवटा प्रदेशमा करिब ६ अर्ब मूल्य बराबरको धानबालीमा पुगेको हो । बेमौसमी अविरल वर्षाका कारण लम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र १ नम्बर प्रदेशको धानबालीमा क्षति पुगेको खबर राजधानी दैनिकमा छापिएको छ ।

सप्तरीमा वर्षाले धानबालीमा क्षति

लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पु¥याएको छ । काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन् ।छिन्नमस्ता गाउँपालिका–३ का किसान दीपेन्द्र यादवले खेतमा पानी जमेपछि काटेको धान डुबानमा परेकोे बताए । जिल्लाको दक्षिणी क्षेत्रका छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका सहित पश्चिमी भेगका बलान विहुल,राजगढ गाउँपालिका, बोदे बरसाइन, डाक्नेश्वरी नगरपालिका, र पूर्वी भेगका हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्रमा धानबालीलाई पानीले बढी असर पारेको कृषि ज्ञान

लगातारको वर्षाले सर्लाहीका धानबालीमा क्षति

सर्लाही, २ कात्तिक: आइतबारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएपछि त्यहाँका किसान चिन्तित छन् । यसवर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । लगातारको पानीले धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । उनले भने “ काटेका र काट्न बाँकी रहेका धानबालीलाई पानीले क्षति पु¥याएको […]