सभामुख अग्निप्रसाद सापकोटा ४ मंसिरमा हुने चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्र १ नम्बर प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनका लागि सभामुख सापकोटासँगै सभामुखकै भतिज तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोध र महिला नेतृ फुलम लामा प्रज्ञा सिफारिस भएका छन् ।सभामुख सापकोटाको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ। यस क्षेत्रमा नेपाली कांग्रसबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट नेताहरू अरु