काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले गत माघ १६ गते आईपीओ निष्कासनका लागि अनुमति माग्दै आवेदन दिएको हो ।
कम्पनीले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको गत कात्तिक २३ गते सम्पन्न वार्षिक साधारण सभाले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले दोलखा जिल्लामा ५ मेगावाट क्षमताको घट्टेखोला हाइड्रो पावर प्रोजेक्ट सञ्चालन गरिरहेको छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा विओके क्यापिटल लिमिटेड रहेको छ ।