काठमाण्डाै – नेपाल बार एसाेसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । आज सोमवार बसेको बारको बैठकले प्रधानन्यायाधीशले आज बैठक बोलाउने भने पनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरूले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशका कारण नागरिकले न्याय पाउन नसकेको बताउनुभयो । उहाँले बारको आजको बैठकले न्या...