जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । प्रदेश सरकारको चारवर्षे कार्य उपलब्धि आज सार्वजनिक गर्दै उनले सामाजिक रुपान्तरण, महिला, दलितलगायतका उत्पीडित वर्गको सशक्तीकरण, सुशासन कायम गर्न र भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको जानकारी दिए । चार वर्षका अवधिमा ४४ विधेयक प्रदेशसभाबाट पारित […]