काभ्रे । नेकपा एमाले पाँचखालले आगामी निर्वाचनबाट पार्टीका उम्मेदवारहरु विजयी भए नागरिकलाई बिजुली बत्ती, सम्पत्ति करमा छुट दिँदै व्यवसायका लागि सहुलियत कर्जा उपलब्ध गराउने प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । ‘आयस्तर कम भएका गरिब, दलित, सुकुम्बासीको घरमा बालेको २० युनिटसम्मको रकम नगरपालिकाले तिरिदिनेछ’, प्रमुख पदका उम्मेदवार कञ्चन अधिकारीले भन्नुभयो– ‘भू–उपयोग नीति तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।’ […]