काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन अन्तरत आज हुने भनिएको निर्वाचन प्रक्रिया विवादका कारण सुरु हुन सकेको छैन्। मतदाताको विषयलाई लिएर अध्यक्षका दावेदार कमल थापा र अर्का दाबेदार राजेन्द्र लिङ्देन समूहबीच विवाद हुँदा निर्वाचन प्रक्रिया सुरु हुन नसकेको हो। सचिवालयले निर्वाचन समितिलाई उम्मेदवारको अन्तिम सूची बुझाउन सकेको छैन्। थापा पक्षले महाधिवेशन प्रतिनिधिमा आफ्ना मान्छेहरूको नाम मनलाग्दी रुपमा थपेको लिङ्देन पक्षको आरोप छ।लिङ्देनले भने सचिवालयले अहिलेसम्म मतदाताको