मोरङमा वडा तहको निर्वाचन प्रक्रिया सम्पन्न

मोरङ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङमा वडा तहको निर्वाचन प्रक्रिया सम्पन्न भएको छ। जिल्ला निर्वाचन सहायक अधिकृत गणेश भुजेलले मोरङ १ सय ५९ वडामा सहज ढंगबाट निर्वाचन प्रक्रिया सम्पन्न भएको जानकारी दिए। उनका अनुसार १ सय ५९ वडामा हालसम्म ८ वडामा सर्वसम्मत पदाधिकारी चयन भएको हो। सहायक अधिकृत भुजेलले विराटनगर महानगरपालिकामा ७, ९, […]

सम्बन्धित सामग्री

आन्तरिक लोकतन्त्रको अभ्यास (सम्पादकीय)

सत्तारूढ नेपाली काँग्रेसको १४आँैं महाधिवेशनको प्रक्रियाअन्तर्गत पार्टीको सबैभन्दा तल्लो वैधानिक निकाय वडा तहको अधिवेशन प्रारम्भ भएको छ । देशका ५८ जिल्लामा पार्टीका क्रियाशील सदस्यताको विवाद टुङ्गो लगाएर काँग्रेसले वडा अधिवेशनको सुरुवात गरेको छ । एकातिर कोरोना(कोभिड–१९) भाइरसको सङ्क्रमण र अर्कोतिर विभिन्न जिल्लामा निरन्तरको बाढी पहिरोलाई चिर्दै काँग्रेसले संवैधानिक प्रावधानको रक्षासमेत गरेर महाधिवेशनको माहोलमा होमिएको छ । पटक पटक विभिन्न तहको अधिवेशनको कार्यतालिका तोक्ने तर अन्तिम समयमा स्थगित हुने अवस्थाबाट समयमा सीमा घर्कदै गएको थियो । यो अवस्थाबाट अगाडि बढेर काँग्रेसले पछिल्लो पटक तयार गरेको निर्धारित कार्यतालिका अनुसार नै वडा तहबाट निर्वाचन प्रक्रिया सुरुवात गरेको हो । यसबाट काँग्रेसले पार्टीको विधान र मुलुकको संविधानको समेत पालना गरेको छ । यसबाट निर्धारित समयमा काँग्रेसको महाधिवेशन हुने विश्वास जागृत भएको छ ।