चुनावको मुखैमा विदेशीए ५५ हजार नेपाली, विदेशीने भन्छन्- 'राजनीति र चुनाव भन्यो भने वितृष्णा जाग्छ'

वैशाख १२, काठङ्गाडौं । देशमा स्थानीय तहमा जनप्रतिनिधि छान्न चुनावको माहोल तातिसकेको छ । हिजो र आज त बाजागाजासहित उम्मेदवारी दर्ता भइरहेको छ । हजारौ वेरोजगार कार्यकर्ताहरू भीडका साक्षी बनिरहेका छन् । तर यहि समयमा परिवारको पेटपाल्न विदेशीने युवाहरूको संख्या भने झन बढीरहेको छ । पसिनाको व्यापार गर्ने आम युवालाई स्थानीय निर्वाचनले छुन सकेको छैन ।  वैदेशिक रोजगार विभागले सार्जजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत चैत महीनामा मात्रै ५५ हजार ५२३ जना नेपाली युवा वैदेशिक रोजगारीमा गएका छन् । ती मध्ये ५ हजार ३६३ जना महिला दिदीबहिनीहरू छन् । यो संख्या अघिल्लो वर्षको चैतको तुलनामा करीब दोब्बर हो । अघिल्लो वर्ष ३२ हजार १४२ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । राजनीतिदेखि वितृष्णा वैदेशिक रोजगारीमा जान अन्तरवार्ता दिन आएका सल्यानका खगेन्द्र जीसी बसपार्कको एउटा होटलमा बसिरहेका छन् ।  उनीहरूसँग आएका केही साथीहरू र उनलाई विदेश पठाइदिन्छु भनेर बोलाउने एजेन्ट स्थानीय चुनावको लागि भनेर गाउँ गइसकेका छन् ।  खगेन्द्र सहित ४/५ जना साथीहरू भने यतै बसेका छन् । उनीहरुको भिसा र टिकट आउन केही समग लाग्ने बताइएको छ ।  तर उनीहरू भने राजनीतिक दल, जनप्रतिनिधि र भड्किलो चुनावबाट मोहभंग भएर भिसा र टिकट नआउन्जेल यतै ज्यामी काम गरेर बस्ने निर्णयमा पुगेका छन् । त्रिभुवन बिमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलमा अहिले पनि वेदश जाने युवाहरूको संख्या खचाखच देखिन्छ ।  निर्वाचनको मुखमा आफ्नो सेवा गर्ने जनप्रतिनिधि छान्न छोडेर किन विदेश जाँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा कैलालीका पारश बटालाले प्रतिप्रश्न गर्दै भने, ‘भ्रष्टाचार गर भन्ने लाइसेन्स दिन हामीले भोट दिएर किन छानीरहनु पर्‍यो र ?’ जुनसुकै दलका उम्मेदवारले जितेपनि जनताको जीवन स्तरमा परिवर्तन ल्याउन उनीहरूले कामै नगर्ने उनको जिकिर छ । चुनाव लड्नको लागि उम्मेदवारले लाखौ/करोडौ रुपैयाँ खर्च गरेका हुन्छन् । पहिला त त्यो रुपैयाँ असुल गर्न भ्रष्टाचार गर्छन् । त्यसपछि उनीहरूका आसेपासेलाई व्यवस्थापन गर्न लाग्छन् । भोट मात्रै हाल्ने जनतलाई हेर्ने फुर्सद कसको छ र ? एयरपोर्टमै भेटिएका बागलुङका प्रेम नेपाली पनि चुनाव आउनु २० दिनअघि मात्रै देश छोड्दै थिए । ‘देशमै रोजगारी भएको भए विदा लिएर पनि भोट हाल्न जान सक्थ्यौ । परिवार पाल्न विदेशीनु पर्ने हाम्रो बाध्यता हो’, उनले भने । सबै दल र उम्मेदवारलाई पालै पालो जिताइसकेको बताउने उनले अहिलेको राजनीतिक संस्कारबाट हुर्केका कसैले पनि देश विकासको वारेमा सोच्नै नसक्ने दाबी गरे । कुन देशमा कति नेपाली विदेशीए ? यस मध्ये धेरैको आकर्षण भने खाडी मुलुक साउदी अरब नै भएको छ । गत महिना १५ हजार २०१ जना युवा रोजगारीको लागि साउदी अरब गएका छन् । त्यसैगरी कतारमा १४ हजार ८६९ जना नेपाली रोजगारीको लागि गएका छन् । कुवेत जाने नेपालीको संख्या पनि ५ हजार ६२९ रहेको छ । मलेशिया जाने नेपालीहरूको संख्या भने २ हजार भन्दा कम छ । वैशाखमा पनि वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्यामा कुनै कमि नआएको वैदेशिक रोजगार विभागको भनाइ छ । चैतकै जति नेपाली वैशाखमा पनि विदेशीए भने चुनावको मुखैमा देश छोड्नेको संख्या एक लाख भन्दा बढी हुने छ ।

सम्बन्धित सामग्री

‘संस्कार बिनाको राजनीति’

काठमाडाैं । संस्कारले हरेक क्षेत्रलाई सु-संस्कृत र मर्यादित बनाउछ। मुलुकलाई राजनीतिले गतिमान बनाउने भएकोले राजनीति सु-संस्कृत हुन जरुरी छ। संस्कारसहितको राजनीतिले शासन व्यवस्थालाई पद्धतिमा मात्र ल्याउने नभइ सबै क्षेत्रमा सकारात्मक भाव पनि प्रवाह गर्छ । यो समृद्ध नेपालको आधार स्तम्भ पनि हो। लोकतान्त्रिक व्यवस्थामा सबै नागरिक सार्वभौम सत्ता सम्पन्न हुन्छन् ।सार्वभौम अधिकार प्रयोग गरेर चुनाव […]

एमालेले चुनाव हार्‍यो कि जित्यो ?

५ पुस, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई प्रज्ञा प्रतिष्ठानमा भेला गरेर एमाले नेतृत्वले सोध्यो, हामीले मंसिर ४ को चुनाव हा¥यौं कि जित्यौं, कमरेड ? अनि आफैंले जवाफ दियो, हामीले चुनाव मात्र होइन, राजनीति र जनताको मन पनि जित्यौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिएको एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १०० […]

राजनीति छाडौँ कि भन्ने लाग्छ तर परिस्थितिले दिएको छैन : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति छाड्न चाहे पनि परिस्थितिले नमिलेको बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित पुस्तक विमोचन कार्यक्रममा नेता नेपालले आफूले ७० वर्ष पुगेपछि राजनीतिक छाड्न चाहे पनि परिस्थिति त्यस्तो नबनेको बताएका हुन्। ‘कहिलेकाहीँ त राजनीति छाडौँ कि भन्ने लाग्छ। ७० वर्षमै छोडौं कि भनेको तर परिस्थितिले दिएको छैन,’ नेपालले भने, आज मात्रै चुनाव घोषणा भएको छ। यसपटकको चुनाव त लड्नैपर्छ, जित्नैपर्छ । नउठ्ने हो भने फेरि माधव नेपाल ड

रवीन्द्र मिश्रको टिप्पणी : ‘मलाई चुनाव जित्ने, देश हार्ने राजनीति गर्नु छैन’

काठमाडौं, १८ साउन । विवेकशील साझाका नेता रवीन्द्र मिश्रले आफूलाई देश हार्ने र आफू चुनाव जित्ने राजनीति गर्नु नपरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले देश पनि जित्ने र आफूले पनि जित्ने राजनीतिको लागि प्रयास जारी रहने बताएका छन् । उनले आफूले चुनाव हारेपनि ठिकै हुने प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्–‘ “मलाई चुनाव […]

विकृत राजनीति, बोझिलो चुनाव र बिग्रँदो साख

भनिन्छ, राजनीति जनता, समाज र राष्ट्रको सेवा हो । यो समाजको नेतृत्व गर्ने मेरुदण्ड हो, जुन शतप्रतिशत सेवाभावबाट निर्देशित हुनुपर्दछ । तर पछिल्लो समय राष्ट्रिय राजनीतिले आफ्नो आधारभूत आदर्श र मूल्यहरू गुमाउँदै गएको देखिन्छ । राजनीति यो वा त्यो कोणबाट आलोचित बनिरहेको छ । संस्कार, संस्कृतिहरू विकृत र विसङ्गतीपूर्ण बन्दै गइरहेको छ । राजनीति मानव समाजको निर्विकल्प साधन र अभिन्न अङ्ग हो । यसले खास समाजमा नेतृत्वदायी वा अभिभावकको भूमिका खेल्छ । यद्यपि राजनीति सर्वाधिक महत्त्वपूर्ण आयाम हुँदाहुँदै प

सशक्त रुपमा राजनीति गर्ने रञ्जुको घोषणा, मेयरमा भने नउठ्ने

काठमाडौं, ८ वैशाख । नेतृ रञ्जु दर्शनाले यो पटक मेयरमा नउठ्ने घोषणा गरेकी छन् । अघिल्लो चुनावमा विवेकशील पार्टीबाट काठमाडौं महानगरको मेयरकी उम्मेदवार बनेर २३ हजार मत ल्याएकी दर्शनाले यो पटक चुनाव लड्ने घोषणा गरेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत यो पटक चुनाव नलड्ने तर, राजनीति अगाडि बढाउने जनाएकी छन् । उम्मेदवार नबने पनि राजनीति […]

आइतबार विशेष - माैसम फेरिएकाे फेरिएै, राजनीति उस्तै !

काठमाण्डौ – पुसको सुरुसँगै बदलिएको राजनीति उस्तै ठाउँमा छ । अर्थात प्रतिनिधिसभा विघटनपछि अब के होला भन्ने अन्योल कायमै छ ।संसद पुनःस्थापना कि चुनाव भन्नेमा दलहरु आफूखुसी व्याख्या गरिरहेका छन् । नेकपामा ओली र प्रचण्ड–नेपाल समूहको जुहारी चलिरहेको छ ।चुनाव चिन्ह सूर्य कसको भन्ने निश्चित नभैरहेको बेला मौसममा चाहिँ बदली भएको छ । मौसम बदली भएसँगै देशका केही ठाउँमा वर्षा र हिमपात हुन थालेको छ ।हेर्नुहोस् आइतबारका मुख्य खबर :राष्ट्रपति, प्रधानमन्त्री कार्यालयले प्रतिनिधि सभा विघटनको कारण सर्वोच्चमा बुझायाेवैशाखमा हुने...