नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना विद्युत र सडकको विकासका लागि आएको बताउनुभएको छ। नेपाली काँग्रेस भद्रपुरले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा बोल्दै कांग्रेस नेता शर्माले झलनाथ खनाल प्रधानमन्त्री भएयताका सबै प्रधानमन्त्रीले अमेरिकी सरकारसँग मागेको सहयोग परियोजना विद्युत र सडकको विकासका लागि आएको दाबी गर्नुभएको हो।
शर्माले संसदबाट अनुमोदन हुने बेलामा संसदभित्र रहेका सबै दलले सहयोग गरेर मात्र अनुमोदित भएको भन्दै निर्वाचनका बेला मत तान्न केही दलले जनतामाथि झुटको खेती गरिरहेको आरोप लगाउनुभयो।