काठमाडौं : काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहले गत स्थानीय तहको निर्वाचनमा भएको आफ्नो खर्च सार्वजनिक गरेका छन्। उनले चुनावमा तीन लाख ९४ हजार खर्च भएको दावी गरेका छन्।उनले खर्चको विवरण सार्वजनिक गर्न ढिलाई भएकोमा मतदातासँग माफी मागेका छन्। उनले निर्वाचनको मतगणनाका बेलामै १ लाखभन्दा बढी खर्च भएको बताएका हुन्।मेयर शाहले निर्वाचनको मतगणना प्रक्रिया निकै लामो र बोझिलो भएको उल्लेख गरेका छन्। मतदाताले उनीप्रति गरेको माया र विश्वास निकै अमूल्य र कुनै संख्यामा गणना गर्न नसकिने उनले जनाएका छन्।फेस