हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध चरेस मुद्दामा फरार एक र कुटपिट मुद्दामा फरार दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका प्रतिवादीलाई आज सार्वजनिक गर्दै जिल्ला अदालत पठाएको हो ।जिल्ला अदालतले २०७५ साल असार ४ गते दोषी ठहर गर्दै पाँच दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका हेटौँडा उपमहानगरपालिका–५ का २८ वर्षीय सुरज लामालाई पक्राउ गरिएको हो । उनलाई लुकीछिपी बसेको अवस्थामा हेटौँडा–५ बाट पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका लामालाई कैद भुक्तानका लागि