कैलाली - कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारमा गए राति आगलागी हुँदा झण्डै एक करोड रुपैयाँ बराबरको सामान जलेर नष्ट भएकाे छ ।
आगलागीबाट चौमाला बजारका विष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा १० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएकाे छ ।
यस्तै, हिमाल पुनमगरको मोबाइल पसलमा १२ लाख रुपैयाँ, छविलाल खनालको हार्डवेयर पसलमा ४५ लाख र टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा ३० लाख रुपैयाँ बराबरकाे साम...