भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा गठेमंगल नाम गरेको राक्षसको पुत्ला दहन गरेर घण्टाकर्ण पर्व मनाइएको छ । यो पर्व साउन कृष्ण चतुर्दशीका दिन उपत्यकाभरि मनाइन्छ । घण्टाकर्ण चतुर्दशीलाई गथामुंगः च:हे भनेर चिनिन्छ। साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएका छन् । गोपाल वंश अनि लिच्छवि वंशदेखि यो पर्व मनाइँदै आइएको हो ।